May 12, 2021

लकडाउनका बेला कोही भोकै बस्नु नपरोस पिडितहरुका भगवान मनका धनी : सुर्यनाथ पहारी

रोहीत वस्नेत

जेष्ठ २७ पोखरा: लकडाउनको ५०औं दिनमा पर्यटकीय नगरी लेकसाईड सुनसान थियो । तर लेकसाइडको डिहीकोपाटन स्थित ग्रिनमार्गमा भने मानिसहरुको भीड भाड देखिन्थ्यो । मानिसहरु दायाँबाया लामो लाइन बनाएर बसेका देखिन्थे। लाइनमा बालबालिकादेखि बृद्धसम्म थिए । कोही भूइँमा बसेका थिए, कोही उभिएका थिए । उनीहरु कुनै कुराको प्रतिक्षा गरिरहेका थिए । त्यो प्रतिक्षा कुनै ठूलो कुरा प्राप्तिका लागि नभएर, मात्र एक छाक निःशुल्क खानाको थियो ।

विश्वभरी कोरोनाको माहामारी फैलिएको बेला नेपालमा पनि सरकारले गरेको लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई जभिष्ता क्याफे र पोखरा महानगपालिका वडा नं. ६,को सहकार्यमा निःशूल्क खाना खुवाउने काम गरिएको थियो ।

विपन्न बर्ग र पिडितहरुका भगवान मनका धनी सुर्यनाथ पहारीको संयोजकमा समाजसेवी बिष्णु के .सी तथा वडा नंं ६ का वडा सदस्थ समाजसेवी हरिकृष्ण पहारीको सहयोगमा करीव २ महिना निःशुल्क खाना खुवाउने काम सम्पन्न भएको थियो ।

”भन्छन् भगवान खोज्न कुनै मन्दिर जानु पर्दैन” ”जसले पिडाको बेला भोको पेट भरीदिन्छ तेही नै हो भगवान” ।

तस्वीर : सामाजीक सञ्जालबाट

लकडाउन उलंघन नहुने गरी भौतिक दूरी कायम गरी निःशुल्क खाना खुवाउने काम सम्पन्न गरेका संयोजक सुर्यनाथ पहारी भन्नुहुन्छ पोखरा बैदाम लेकसाईड भित्र बस्ने बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई यस्तो संकटको बेलामा मिठो नमिठो जे भए पनि साँझ र बिहान कोही मान्छे पनि भोकै बस्नु नपरोस भन्ने हाम्रो चाहाना हो । हाम्रो जव सम्म लकडाउन खुल्दैन तव सम्म यसरी नै खाना खुवाउने मन भए पनि पोखरा महानगरले राहत वितरणलाई व्यवस्थित र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने भने पछी हामीले निःशुल्क खाना खुवाउने काम स्थगीत गरेको जानकारी दिनु भयो ।

पहारीले अगाडी भन्नु भयो ५ गते देखि २७ गते सम्मको सम्पूर्ण खर्च बहिनी एजुकेयर र जमिष्ता क्याफेबाट गरिएको थियो भने खाना पकाउने सम्पूर्ण जिम्मा पनि बहिनी एजुकेयरको टिमले गरेका थिए । जसमा विभिन्न संघ, सस्था आमा समुह, कल्व तथा स्थानीय सहयोगीहरुबाट १०८१५० (एक लाख आठ हजार एक सय पचास) जम्मा भएको थियो, जसमा विभिन्न स्थानीय व्यक्तिहरुले खाद्यान्य समाग्री सौजन्य गरेका थिए भने ११७८९० (एक लाख सत्रहजार आठ सय नब्बे) खर्च भएको थियो । यसमा लगभग २५०० जनाले खाना खाएको थिए

यसै गरी २७ गते देखि ५ गते सम्म विभिन्न स्थानीय संघ संस्था, आमा समुह, कल्व र मनकारी स्थानयीन सहयोगीहरुबाट ४४४०० (चौवालिस हजार चार सय) जति नगद तथा सौजन्य खाद्यान्य समाग्री उपलब्ध भएको थियो जसमा ८१३५० (एकासीहजार तिन सय पचास) खर्च भएको थियो । यसमा लगभग २६०० जनालाई खाना खुवाएको संयोजक मनका धनी सुर्यनाथ पहारीले जानकारी गराउनु भयो ।

तस्वीर: सामाजीक सञ्जालबाट

यस्तै १० जना अपाङ्गलाई ग्यास वितरण, ४५ जनालाई औषधि वितरण, १५ जनालाई स्थानीय सहयोगीहरु बिष्णु केसी, अनिल थापा, बिष्णहरि अधिकारी, विनिता बराल, कमला बज्राचार्य द्धारा राहात समेत वितरण गरीएको बताउनु भयो । २७ जना अति विपन्न परिवारलाइ घर घरमा गएर अवस्था हेरीकन आफ्नै परिवारले मात्रै राहात स्वरुप खाद्यान्य उपलब्ध समेत गराएको बताउनु भयो
करीव २ महिना निःशुल्क खाना खुवाउने काम सम्पन्न गरिसक्दा पनि यो कार्यक्रमको प्रचार प्रसार गर्ने चाहाना नभएको लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई मनबाट सहयोग गरेको आफुहरु समाजीक सञ्जालमा देखिन नचाहेको पनि उहाँले बताउनु भयो । मनका धनी पहारीले यो अवधीभरी हामीलाइ सहयोग गर्ने टोल विकासका अध्यक्ष, नेपाल रेडक्रस बैदामका सदस्यहरु, आमा समुहका अध्यक्ष ज्यूहरु, माता ताल वाराही आरती सेवा समितिका सदस्य ज्यूहरु, फेवा क्याट्रीङ्ग तथ ग्रिनमार्गका वासिन्दाहरु र वडा नं. ६ का सहयोगी हातहरुलाई विशेष धन्यावाद दिन चाहान्छु उहाँहरुको सहयोगी मनहरुबाट नै यो कार्य सम्मपन्न भएको अवगत गराउँदै बिशेष गरी तुलसी दाहाल, विष्णु देवकोटा, भेषराज अधिकारी, मैया थापा, दुर्गा प्रसाद तिसिमल्सीना, भिष्मा नेपाली, अग्नी गुरु, शमरेर न्यौपाने, टेक वहादुर भण्डारी लगायत सम्पूर्ण संयसेवक गनुभएका साथीहरु प्रति विेशेष आभार प्रकट गर्दछु, यस गरी वडा नं ६ का वडा अध्यक्ष लगायत वडा सदस्य ज्यूहरु प्रति पनि आभार प्रकट गर्दछु भन्नु भयो ।

तस्वीर : सामाजीक सञ्जालबाट

यता वडा नं. ६ का जनप्रतिनिधी तथा समाजसेवी हरिकृष्ण पहारीले अन्तिम दिन सम्ममा लगभग ६, ७ हजार जनालाई निःशुल्क खाना खुवाउने कार्यक्रममा भगवानको दोश्रोरुप धारण गरेका हाम्रा पहारी मित्र सुर्यनाथ पहारीको संयोजकत्वमा सेवागर्न पाउँदा आफु पनि भाग्यशालि अनुभूति भएको यस्तो विपतको वेलामा खाई नखाई२४औं घण्टा मानवीय कार्यमा आफुलाई समपर्ण गरी मन भित्रबाट धेरै भन्दा धेरै सहयोग गरी सबैको मन जीत्न सफल हुनु भएकामा हृदय देखि सम्मान समेत व्यक्त गर्न चाहान्छु भन्नुभयो ।


यसै गरी अर्का महीला साजाजसेवी बिष्णु के. सी. ले आफ्नो जन्म दिनको उपलक्ष्यमा, आफ्नो बाउआमाको पून्य तिथिको अवसरमा समेत विभिन्न व्यक्तिले गरेको सहयोग प्रति आभार प्रकट गर्नु भयो । के. सी. अगाडी भन्नु हुन्छ, विेशेष गरी बैदाममा रहेका महिला दिदी बहीनीहरु, आमा समुहहरुले यस कार्यमा गरेको सहयोग अतुलनिय रहेको र सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद प्रकट गर्नु भयो ।

तस्वीर: सामाजीक सञ्जालबाट

विहानभरी पकाउने , पकाईसकेपछि प्याकिङ , त्यसपछि आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई खाना खुवाउने, दाल भात र तरकारी, बेला बेलामा अण्डा र कुखुराको मासु नियमित परिकार थिए ।

तस्वीर: सामाजीक सञ्जालबाट
तस्वीर : सामाजीक सञ्जालबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*