May 8, 2021

पोखरा लेकसाईडका होटलमा क्वारेन्टाइन बनाएकोमा नेपाली कांगेसको आपत्ती

जेष्ठ २६ पोखरा : पोखरा लेकसाईडका होटलहरुमा क्वारेन्टाइन वनाईकोमा नेपाली कांग्रेस वडा कार्यसमितिको ध्यानआर्कषण भएको छ । सभापति बलराम गिरी र सचिव शिरीर पहारीको संयुक्त जारी विज्ञप्तीमा भारतबाट ल्याएका नेपाली जनतालाई क्वारेन्टाईनको नाममा खोर र गोठमा राखेको तथा विदेशबाट जहाजबाट आउनेलाई होम क्वारेन्टाईन एवंम् होटलमा राख्न लागीएको कुराले सरकारको द्धध चरित्र स्पष्ट भएको विज्ञप्तीमा लेखिएको छ ।

कोरोना परिक्षण नगरी बैदाम (लेकसाईड) जस्तो उच्च जनघनत्व भएको ठाउँमा पहुँच र शक्तिको आधारमा नाफा कमाउनका लागी यस्तो संबेदनशिल क्षेत्रका केही होटलहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डको विपरीत क्वारेन्टाइन वनाएर राख्न लागीरहेको प्रति नेपाल कांग्रेस कार्यसमिति बैदामको गंभिर ध्यानआर्कषण भएको कुरा विज्ञप्तीमा जनाएको छ ।

सरकारले यस्तो संबेदनशिल अवस्थामा जनताको स्वास्थ्यप्रति खेलबाड र व्यापार गरेको बैदाम क्षेत्र भित्रका होटलहरुमा क्वारेन्टीन नवनाउन र अन्य विकल्पको खोजी गर्न स्थानीय सरकार, प्रदेश सरकार एवंम केन्द्र सरकार सँग जोडदार माग गरेको समेत प्रेस विज्ञप्तीमा उल्लेख छ । यस्तो कार्य नरोकीए आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्तीमा लेखिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*