May 8, 2021

वातावरण दिवसमा स्वस्ती शान्ती पूजाआजा कोरोनाबाट मुक्ति : बैदामे युवा

रोहीत वस्नेत

जेष्ठ २३ पोखरा: संयुक्त राष्ट्रसंघको साधारण सभा सन् १९७२ को प्रस्तावबाट हरेक वर्ष जुन ५ मा अन्तर्राष्ट्रिय वातावरण दिवस मनाउने गरिएको छ । यस वर्ष पनि विविध कार्यक्रम गरी संसार भरी नै यो दिवस मनाइँदै छ । यस वर्षको वातावरण दिवसको अन्तर्राष्ट्रिय नारा ‘प्रकृतिको लागि समय’ तथा राष्ट्रिय नारा ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ रहेको छ भने पोखराको नारा ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’ रहेको छ ।

विश्व नै वातावरण प्रदुषणको चपेटामा पर्दै गएको छ । यसबाट पोखरा पनि अछुतो छैन । प्रदुषण मुक्त गराउन संरक्षण र वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी सञ्चालन गरी हरियाली बढाउन जोड दिनु पर्ने कुरा राष्ट्रिय सम्पदा तथा जन अधिकार संरक्षण समिती नेपालका विष्णुहरि अधिकारी बताउनु हुन्छ ।

आज विश्व बातावरण दिवश कयौले बृक्षारोपण गरे, कयौले सरसफाई गरे,पार्क उद्घाटन गरेर मनाए तर बैदामे युवाहरू द्वारा प्रकृति देवीको स्वस्ती शान्ती पूजाआजा गरेर टोल गाउँशहर भरि शान्ती छाओस्, यो कोरोना भाईरस महामारी हराएर जाओस् भनि पूजा आरधाना गरेका छन् ।

विश्वको महामारी हटाउन बिज्ञान तथा आयूर्वेद बाट प्रयास भैरहेको बेला धर्म संस्कृति आश्था प्रति बिश्वास ले प्रकृती देवी माईको पूजा गरिएको छ ।। स्वस्ती शान्ती को लागी ।।।।

बालबालिकालाई रोग भए निको होस् रोग हराओस् भनि टोल शहर देश भरि शान्ती छाओस् नागरिकमा आरोग्यताको कामना गर्दै प्रकृति देवी माईको पुजा गरिएको स्वस्ती शान्ती प्रकृति पूजाका गुरु बाबुराम पहारीले बताए ।

हिमाल पहाड तराई मा रहेका हरेक नेपालीको आश्था धर्ममा ठूलो विश्वास छ ।। २००बर्ष अगाडी नेपालमा दादुरा,ठेउला बिफरको महामारी सुरु भएको थियो र महामारीबाट बँच्न नै सितलादेवी मन्दिर स्थापना गरिएको थियो र ठाऊ ठाउमा माई देवी थान स्थापना गरि पुजाआजा गरेपछि रोग हराएको किन्दवन्ती छ ।

स्थानीय युवाले सामाजिक दुरी कायम गरी युवा समूहबाट नरिवल,खिर र पुवाका परिकार सँगै विधि पूर्वक पण्डीत बोलाएर पुजा गरेका छन् ।

महामारीको घडीमा समग्र स्थानीय लाई पुजामा समावेश गराऊन नपाए पनि बाहिरी रूपबाट स्थानीयको सहयोग प्रति धन्यबाद प्रकट गर्दै सबैलाई सकरात्मक बाटोमा लाग्ने ठुलो प्रेणा मिलेको अशा ब्यक्त गरेका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*