May 12, 2021

पोखरामा पहिरोले घर भत्कियो

फोटो फाईल

जेष्ठ १० पोखरा: अविरल वर्षाको कारण गए राती पोखरा -२८ बेतनीका बिर्ख बहादुर गुरुङको २ तले घर भत्किएको प्रहरीले जनाएको छ ।

नयाँ मोटर बाटोबाट राती पहिरो जाँदा गुरुङको घर पुर्णरुपमा क्षति भएको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


पहिरोका कारण घरमा रहेका फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन जस्ता सम्पूर्ण सामग्री पुरिएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*