May 15, 2021

प्लेनको भाडा सस्तो पाए पछी जापानीज पर्यटक घर फर्किए ।

जेष्ठ ९ पोखरा: जापानीज पर्यटक तीन महिना नेपाल बसाईपछि घर फर्कन शुक्रबार पोखराबाट काठमाडौं गएका छन्। जापानमा स्टुडेण्ट भिसा र डिपेण्डेन भिसा भएका नेपाली पनि शुक्रबार राति ९ बजे काठमाडौंबाट जापानको टोकियोस्थित नारिता विमानस्थलका लागि उडान गर्नेछन

अप्रिल ११मा नेपालमा रहेका २ सय जापानी नागरिक घर फर्कँदा थिए। महंगो भाडाका कारण केही जापानी नागरिक घर फर्कन सकेका थिएनन् । ति केही पर्यटकहरु जापान जान शुक्रवार बिहान पर्यटक बसबाट काठमाडौं गएका हुन् ।

अझै पनि विभिन्न देशका पर्यटक प्लेनको भाडा महंगो भएकाले घर फर्कन नपाएको बताएका छन्।

पोखरामा अझै पनि बिभिन्न देशका ३ सय ४५ देखि ३ सय ५० पर्यटक रहेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख गणेश खनालले जानकारी दिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*