May 12, 2021

पोखरा शंकास्पद बाँकी एक जनाको रिपोर्ट पनि नेगेटिभ

जेष्ठ ८ पोखरा: पोखरा महानगरका चारै जना कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा. विनोद बिन्दु शर्माले शंकास्पद बाँकी एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको पुष्टी गर्नुभयो ।

डा. शर्माका अनुसार महानगरका चार जना कर्मचारीको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपनि पिसिआर परीक्षणमा नेगेटिभ आएको नियमित प्रेस बक्तब्यमा जानकारी दिनुभयो ।

मंगलबार स्वास्थ्य र सरसफाईका ५१ कर्मचारीलाई आरडिटी टेस्ट गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएपछि ससंकित बनेको महानगरलाई बुधबार पिसिआर विधिबाट परिक्षण गर्दा पनि एक जनाको रिपोर्ट शंकास्पद आएपछी त्रास थपिएको थियो । बुधबारको टेस्ट रिपोर्ट शंकास्पद आएपछी उक्त कर्मचारीको पुनः परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*