May 12, 2021

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३

जेष्ठ ८ पोखरा: झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*