May 8, 2021

पोखरामा ३ जनाको पिसीआर नेगेटिभ, एकको पुनः परिक्षण गर्ने

जेष्ठ ७ पोखरा :
पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षणमा चार जनामा एन्डिबडी देखिएपछि गरिएको पिसिआर परिक्षणमा तिन जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

मंगलबार गरिएको आरडिटी परीक्षणमा ४ जनामा एन्डिबडी देखिएपछि उनीहरुको पुनः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर पद्धतीबाट परिक्षण गर्दा तिन जनाको रिपोर्ट नेगेटिभ देखिएको र एक जनाको पुनः स्वाव संकलन गर्नुपर्ने भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*