May 8, 2021

नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय

जेष्ठ ३ पोखरा: नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरस नै भएको सरकारले पुष्टि गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक मृत्यु भएको जानकारी दिएको हो।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

१० दिनअघि ती महिलो काठमाडौ‌ँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य किसिमले शिशु जन्माएकी थिइन्। आमाछोरा दुवैको स्वास्थ्य सामान्य रहेका कारण उनीहरू वैशाख २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए।

तर घर पुगेपछि ती महिलालाई ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या हुन थाल्यो। स्थानीय बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको हो।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालकै प्रयोगशालमा उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। अझ निश्चित गर्न उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याई परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै देखिएको हो।

त्यसपछि स्वास्थ्य मन्त्रालयले घटना अध्ययनका लागि शनिबार नै टोली धुलिखेल अस्पताल पठाएको थियो। त्यस पश्चात् मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गरेको हो। मन्त्रालयले शनिबार राति ८स्५० बजे विज्ञप्ति जारी गर्दै ‘‘ नेपालमा कोभिड-१९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको’ घोषणा गरेको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*