December 4, 2021

बटरफ्लाइ फाउन्डेसनले ५८ जना चुलो निभेका परिवारलाइ राहात वितरण

रोहीत वस्नेत

जेष्ठ २ पोखरा : सरकारले लकडाउन फेरी पनि बढाउने तयारमा छ । श्रमिक, मजदुर, गरिब जनताको भोको पेटलाई राहत दिन नसकिरहेको वेला सामाजिक संघ संस्थाहरुको पहलमा कतै तयारी खाना घर घरमा पु¥याउने कार्य गरिदै आएको छ ।

यस्तै उदाहरणिय कार्य पोखरा महानगरपालिका वडा नं. ६ मा रहेको बटरफ्लाइ फाउन्डेसनले ५८ जना चुलो निभेका परिवारलाइ राहात वितरण गरेको छ । फाउन्डेसनले २५ केजि चामल,५केजि आलु, २ केजि दाल, एक लिटर तेल,४ वटा हात धुने साबुन,२ वटा लुगा धुने साबुन,५ र ५ वटा मेडिकल मास्क वितरण गरिएको फाउन्डेसनका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिनुभयो ।

उहाँले भन्न भयो विश्व भरि फैलिएका कोरोना भाइरस को महामारी ले संसार कै अर्थतन्त्र तहस नहस हुनुको साथै लाखौंले ज्यान गुमाइसकेका छन् । यस्तो गम्भिर अवस्थामा नेपालमा पनि कोरोना भाइरस को प्रभाव ले यहाँको अर्थ तन्त्र अत्यन्तै नाजुक अवस्थामा रहेको छ । हजारौं को रोजि रोटि गुमेको छ । नेपाल सरकारले लडाउन को धोषणा गरेको छ । सरकारको मुख ताक्नु भन्दा पनि स्थानिय सक्नेले चुलो निभेका लाइ मानविय ढङ्गबाट सहयोग गर्नु नै कोरोना विरुद्ध एकबद्धता जनाउनु हो ।

उक्त कार्यक्रममा फाउन्डेसनका सचिव, सदस्य तथा वडा नं. ६,का जनप्रतिनिधिको उपस्थिति थियो । बटरफ्लाइ फाउन्डेसन ले विगत २ दसक देखि बालबालिका को क्षेत्रमाकाम गर्दै आएकोछ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*