May 6, 2021

”सुरक्षित रहँदै, जिम्मेवार पत्रकारिता गरौं” : अध्यक्ष दिपेन्द्र श्रेष्ठ

बैशाख ३१ पोखरा : नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सुरक्षित रहँदै जिम्मेवार पत्रकारिता गर्न अनुरोध गर्नु भएको छ । कोभिड १९ को जोखिम बढ्दै गएपछि कास्कीमा कार्यरत सम्पुर्ण पत्रकारहरुलाई उहाँले सो आग्रह गर्नु भएको हो ।
विज्ञप्तीको पुर्ण पाठ यस प्रकार छ :

प्रिय पत्रकार मित्रहरु नमस्कार,

१) कोरोनाको संक्रमण र जोखिम बढ्दो छ, त्यसैले पूर्ण सचेतनाका साथ सुरक्षाका उपायहरु अपनाएर मात्र फिल्ड रिपोर्टिङ्ग मा जानु हुन नेपाल पत्रकार महासंघ कास्की अनुरोध गर्दछ।

२) लकडाउन जारी रहेको र प्रशासनले कडि कडाउ गरिरहेको अवश्थामा समाचार संकलनका बैकल्पिक उपाय अपनाउनु हुन र अत्यावश्यक रिपोर्टिङ्गका लागि फिल्डमा जानै पर्ने अवश्था भए सूचना बिभागको कार्ड ( रेड कार्ड) सो नभए आफ्नो मिडिया हाउसको म्याद नगुज्रिएको प्रेस कार्ड अनिबार्य रूपमा देखिने गरि बोकेर मात्र हिड्नु होला । यसबारे ने।प।मह्संघ कास्कीले स्थानिय प्रशासनसंग कुरा गरि ब्यवश्था मिलाएको छ । तर प्रेस कार्डको दुरुपयोग हुनबाट भने बचाउनु होला।

३) बिरगंजमा संक्रमित २ पत्रकार सहित सम्पूर्ण कोभिड-१९ संक्रमितको शिघ्र वास्थ्य लाभको कामना गर्दछौं।

४) सुरक्षित रहौं। जिम्मेवार पत्रकारिता गरौं। पहिले सुरक्षा अनि पत्रकारितामा जोड दिनु होला।

५) कुनै समस्या परे तत्क्षण नेपाल पत्रकार महासंघ कास्कीलाई खबर गर्नु होला । हामी समस्या समाधान सहजिकरणको प्रतिबद्दता ब्यक्त गर्छौं।

दीपेन्द्र श्रेष्ठ, अध्यक्ष नेपाल पत्रकार महासंघ कास्की

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*