May 16, 2021

कपिलबस्तुमा थप एक जना कोरोना पुष्टि

बैशाख ३१ कपिलबस्तु : कपिलवस्तु र बाँकेका एक-एक जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै देशभर संक्रमितको संख्या २१९ पुगेको छ, स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका व्यक्ति कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुष हुन्

आजै यसअघि, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जिल्ला नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुवैकाे अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

मा पनि एक कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*