December 4, 2021

क्वारेन्टिन बस्नुपर्ने डरले वस्नेत हाम फाले

रोहीत वस्नेत

बैशाख ३० पोखरा : चार महिना पहिला भारत गएका अभिषेक बस्नेत १२ दिनको लामो यात्रा पछी पोखरा आइपुगे । जव उनि पोखरा ८- इन्द्रपुरी टोलस्थित उनका आमाबाबु बस्दै आएको डेरामा पुग्न नपाउँदै अभिषेक छिमेकीको नजरमा परे भारतबाट आएको हो भन्ने थाहा पाएपछि, इन्द्रपुरी टोलमा एक किसिमको त्रास फैलियो ।

स्थानियको खवर पछी तत्कालै वडा प्रहरीसहित जनप्रतिनिधि पुगे । प्रहरी आएको खवर पाउन साथ अभिषेक आत्तिए अनि आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले । तत्काल उनी प्रहरीको नियन्त्रणमा परीहाले । मलाइ केही भएको छैन मलाइ नलैजानुहोस भन्दै कराए तर उनको केही लागेन । उनको खुट्टामा सामान्य चोट लागेको छ ।

क्वारेन्टिन बस्नुपर्ने डरले हाम फालेको हुनसक्ने बैदाम प्रहरी प्रमुख डिएसपी यादव ढकाल जानकारी दिए । कतै धेरै पैसा खुवाएर त कतै तरकारीका गाडी हुदै पोखरा आइपुगेका बस्नेत सोलुखुम्बु निवासी हुन । कामको सिलसिलामा भारत गएका उनि भारत सरकारले कोरोनाको संक्रमण फैलिएपछी लकडाउन लम्बिरह्यो त्यसैले उनले हिँडेरै नेपाल आएका हुन । बिहारको क्वारेन्टिनबाट पनि भागेर आएको जानकारी प्राप्त भएको छ ।

उनको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइसकेको र । पीसीआर टेस्टको नतिजा भोलि आउने ‘अहिले उनलाई लेकसिटीमा बनाइएको क्वारेन्टिनमा लगिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*