September 26, 2021

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द

बैशाख २४ पोखरा : सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*