July 24, 2021

लकडाउनका बेला सार्वजनिक सम्पती भत्काएर व्यापारिक कम्प्लेक्समा जाने बाटो निमार्ण

रोहीत वस्नेत :

बैशाख २० पोखरा : पर्यटकीय राजधानी पोखराको लेकसाईड जोडिने फेवामार्गको जरेवर स्थित सुलभ डिपार्टमेन्टल स्टोर्सको अगाडी शुक्रवार दिउँसो डिभाइडर भत्काईएको छ । पोखरा महानगर पालिकाले पर्यटकीय नगरीलाई सुन्दर मनोरम र ट्राफिक व्यवस्थापन गर्न धेरै खर्च मिहीनेत गरेर बनाइएको सडक डिभाईडर भत्काएर व्यापारिक कम्प्लेक्समा जाने बाटो बनाउन थालिएको छ ।

पृथ्वीचोक, सृजनाचोक, जिरो किलोमिटर वाट पर्यटककिय नगरी फेवातालको किनार हल्लनचोक जाने मुल सडकमा राखिएको गार्डेन सहितको डिभाइडर लगभग १५ मिटर भत्काएर व्यापारिक कम्प्लेक्समा जाने बाटो वनाईएको छ । उक्त व्यापारिक कम्प्लेक्स लेकसाइडका रेष्टुरेण्ट व्यवसायीहरुले संचालन गरेको छन् ।

यसरी लकडाउनको मौका छोपेर व्यापारिक स्वार्थ प्रयोजनका लागी सार्वजनिक संरचना भत्काएर लकडाउनको वेला मनोमानी गर्ने हरुलाई सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

डिपार्टमेन्टल स्टोर्सका संचालकहरु वडा वाट मौखिक स्वीकृति लिएको बताए पनि स्थानियहरुले स्विकृत नलिएको स्वीकृत लिए पनि वडाका स्थानियहरु सँग सहर्काय गरेर मात्र अगाडी बढ्नु पर्ने बताउँछन् तर डिभाइडर निर्माण कार्यमा वडा का सदस्य समेतको मिलेमतो रहेको बताउँछन् । विगत केही समय अगाडी पनि सुलभ डिपार्टमेन्टल स्टोर्सले आफ्नो ट्रान्समिटर सार्वजनिक स्थानमा राख्न खोजेको तर स्थानीय नागरिकको व्यापक विरोध भएपछि आफ्नै जग्गामा राख्न वाध्य भएको थियो ।

सार्वजनिक सडकलाई व्यवस्थित गर्नु पर्नेमा आफ्नो पद र पहुँचको भरमा निमार्ण भएका संरचना भत्काएर मनोमानी गर्ने कार्य अत्यान्तै दुःखत भएको बुझिन्छ ।

यसरी व्यक्तिगत स्वार्थ प्रयोग वा व्यापारिक स्वार्थ प्रयोग का भरमा सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउने कार्य रोक्न सवै संघ संस्था सम्बन्धित निकाय तथा सरकारलाइ स्थिानियहरुले आग्रह गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*