May 15, 2021

लकडाउन १० दिन थपियो

बैशाख १४ काठमाडौं : सरकारले लकडाउन १० दिन थप गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन थपेको एक मन्त्रीले जानकारी दिए।लकडाउन थपिएको यो चौथोपटक हो।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। तेस्रो चोटी थपिएको लकडाउनको अवधि भोलि १५ गते समाप्त हुँदैछ।

यसअघि शनिबार बसेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो।

उच्चस्तरीय समितिले बनाएको कार्यदलले एक हप्ता लकडाउन थप गर्न र लकडाउन केही खुकुलो बनाउन सिफरिस गरेको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*