May 15, 2021

कोरोनालाई जित्ने छौं

शरद बस्नेत

बैशाख १४ प्रचुगल (२६ अप्रेल २०२०) : दिनभरिको कामले थकित यो शरिरमा कुनै पनि उत्साह, ऊम्ङ्ग थिएन। न भोक न तिर्खा खालि मानसपटलमा घरको याद र परिवारको अनुहार आखा वरिपरी घुमिरहेको थियो। त्यहि माथि कोरोनाको डर। घर बाट दिनहुँ आउने फोन र हाम्रा कुराकानि ,बनको बाघले नपाएपनि मनको बाघले खाएको जस्तो, कतै सामान्य रुघाखोकी, वा टाउको दुखे पनि कोरोना नै लाग्यो कि भन्ने आशंका उत्पन्न हुने।

घरमा भएका ति बुढा बा,आमा र घरको जिम्मेवारि बहन गर्न परदेसिएको म आफै यसरि बिचलित हुनु हुँदैन र मैले सकेसम्म आफुलाई सम्हाल्न सक्ने हुनु पर्दछ भन्ने सोच बनाएर आफु सुरक्षित र मर्यादित भै घरका परिवार लाई पनि हौसला दिने निर्णय गरे।

भनाई छ मानिसको सबै भन्दा ठुलो सत्रु रोग हो तसर्थ, रोग लाग्नु भन्दा अघि त्यसबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ। मैले यो पुर्ण रुपमा पालना गरेको छु। हामी जहा जस्तो परिस्थिति मा छौ त्यहाको सरकारले लागु गरेको निति नियम र कानुनको पालना गरौ र आफु पनि बचौ र बचाउ।

रात परेपछि अर्को सुनौलो बिहानी अवश्य आउने छ तसर्थ एक दिन अवश्य हामी कोरोना लाइ जित्ने छौ। आशाको दियो बालिरहौ । जो जहा छौ सुरक्षित बसौ। शरिर छ त सबै छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*