July 24, 2021

”पोखरा त साँच्चै पोखरा नै रैछ” इटालियन फिल्ममेकरको लकडाउन अनुभव

फाईल तस्वीर

बैशाख १० पोखरा :

द टेल ब्रदर्स नामक समूहमार्फत म र मेरो साथी म्याट सेलारान्डिस विगत केही वर्षदेखि फिल्म निर्माणमा संलग्न छौँ र यही क्रममा म एक महिनाभन्दा लामो समयदेखि नेपालमा छु ।

हाम्रो नारा नै छ – ‘चेन्ज इट, वाच इट ।’ आज नोबेल कोरोना भाइरसका कारण विश्व बदलिएको छ यसको किनाराका साक्षी बन्नुबाहेक हामीसँग अर्को विकल्प छैन । म नेपालमै रोकिएको छु । साथी म्याट अमेरिकामा रोकिएका छन् । सेप्टेम्बर २०१९ यता ६ महिना श्रीलंका घुमेर हामीले साना–ठूला वृत्तचित्र बनायौँ । श्रीलंकामा डुङ्गा खियाउने एक माझी रोगले थलिएपछि औषधि किन्दा–किन्दा आफ्नो सबै सम्पत्ती गुमाउन बाध्य भएको घटना ‘पथमासिरी’ मा देखाएका छौँ । यस वृत्तचित्रलाई भिडियो अन डिमान्डमा हामीले अपलोड गरेपछि राम्रो प्रतिक्रिया पनि प्राप्त भएको छ । यसरी अपलोड गरिएको भिडियो हेर्नका लागि दर्शकले तिर्ने रकमबाट ५० प्रतिशत हामी राख्छौँ, ५० प्रतिशत वृत्तचित्रका पात्रलाई दिन्छौँ । यसरी हामी, वास्तविक कथा खोज्ने र देखाउने मात्रै होइन, त्यो कथाको सुखान्त अन्त्य कोर्ने अवसर पनि दर्शकमै छाडिदिन्छौँ । यही नै ‘टेल ब्रदर्स’ परियोजनाको लक्ष्य हो ।

भिडियो सार्वजनिक भएपछि पथमासिरीले पाएको आर्थिक सहयोग र समर्थनबाट हौसिएर हामीले श्रीलंकाको इस्टर सन्डे बमकाण्डमा घाइते भएर बाँचेका पीडितबारे वृत्तचित्र ‘द स्काई वाज ग्रे’ बनाएका थियौं । ९२१ अप्रिल २०१९ मा श्रीलंकाका ६ वटा गिर्जाघरमा प्रार्थनाका दौरान भएका आत्मघाती बम हमला, जसमा २ सय ६९ जनाले ज्यान गुमाए ।

यस्तै कथा खोज्दै नेपाल आइपुगेको हुँ । तर, कोरोना भाइरसको महामारीका कारण अहिले योजना थाँती नै रहन गयो । अमेरिका तथा युरोपमा यो देशले सबैभन्दा भयावह रुप लिएको छ । मेरो देश इटलीमा १ लाख ८३ हजारभन्दा धेरै संक्रमित छन् र २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
इटलीको टुरिनस्थित घरबाट झन्डै ६ हजार ७ सय ९९ किलोमिटर परको पोखरामा छु । तर, हिमाल नजिकैको यो शहर घरभन्दा कम लाग्दैन, यहाँ पनि विश्वका अन्य देशमा झैँ कोरोनाले पछ्याइरहेको छ र त लकडाउन छ । तैपनी मलाई अहिले संसारको सुरक्षित ठाउँ नै पोखरा हो भन्ने लाग्छ ।

४२ व्यक्तिमा संक्रमण देखिएपनि नेपालमा अहिलेसम्म कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् । लकडाउन सुरु भएको ठ्याक्कै एक महिना हुँदैछ । यसै महिनाको अन्त्यसम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु रद्द छन् । अझै, कहिलेसम्म रद्द हुन्छ रु कुनै ग्यारेन्टी छैन ।

हप्तौँदेखि धेरै कुरा ठप्प छन् । हिमाल आरोहण र अन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन पनि । लकडाउन सुरु भएदेखि नै धेरै पर्यटक घर फर्कनका लागि राजधानी काठमाडौंस्थित विमानस्थलतर्फ लागे, त्यसैले यो शहर अहिले सुनसान छ ।

इटालियन दूतावासमा सम्पर्क गर्ने प्रयास असफल भएपछि मैले अर्को महिना पनि यहीं बिताउने निर्णय गरेको छु, अवस्था कसरी थप बिग्रदैछ भनेर बुझ्ने कोसिस गर्दैछु ।

पोखरामा पानी परिरहेको छ र म भाग्यवस् काठमाडौँबाट उम्कने मौका पाएको सम्झन्छु, लकडाउन हुनैलाग्दा त्यहाँबाट छुटेको अन्तिम सवारीमा म पोखरा आइपुगेँ ।

म आएदेखि नै यो शहर रित्तो–रित्तो छ । अत्यावश्यक खाद्यान्न र केही औषधी पसलमात्रै खुलेका छन् । प्रहरीहरु सडकमा निरन्तर गस्ती गरिहेका छन्, उनीहरुसँगै आपतकालिन सेवा पनि सक्रिय छ ।

फेवाताल सुनसान छ, सफा आकाशमा चील र अन्य चरा स्वतन्त्र ढंगले पखेटा फैलाएर उडेका छन् । सुनसान सडक कहिले ‘भूत’ को ठाउँजस्तो त कहिले शान्त र सुन्दर लाग्छ । विश्वका अन्य शहर जस्तै यहाँका सडकमा गाडी कुद्दैंनन्, जनावरहरु खेलेर बस्छन् ।

यहाँ धेरै मानिस क्वारेन्टाइनमा छन् । महामारीका बाबजुद स्वास्थ सेवा र यातायतमा खटिएकाहरु पनि छन् । अनि, केही त्यस्ता पनि छन्, जसले महामारीलाई अझै सामान्य नै लिइरहेका छन् ।
लकडाउनपछि सुरुका केही दिन हामीलाई खानका लागि होटल खोज्न पनि मुस्किल थियो । तर अहिले सबै ठिक भइसक्यो । मानवीय पहलमा मर्कामा परेकाहरुलाई निःशुल्क भोजन गराउने काम पनि भइरहेको छ ।

साँझमा शान्त फेवाताल घुम्दा म सोच्छु – जीवनमा यो पहिलो घटना हो, जतिबेला मैले छाडेर हिँड्ने निर्णय लिन सकिनँ । अहिले सबै फरक छ र संसारले नै सम्झौता गरिरहेको छ । म पनि यहाँबाट निस्कने अवस्था छैन ।


विश्वका अन्य मानिसझैँ म पनि हरेक दिन अनौठा परिवर्तन देखिरहेको छु । म प्रतिक्षामा छु, प्रतिक्षा गर्छु भोलिको । ‘पीडादायी अन्त्यपछि नै प्राय नयाँ बिहानी सुरु हुन्छ , चिनियाँ दार्शनिक लोओत्सुले भनेका छन् । by ratopati

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*