
बैशाख ३ पोखरा :
पोखरामा १ महिलाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।
पोखरा महानगरपालिका– १२, ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
२७ दिनपहिले दुबईबाट पोखरा आएकी महिलाको पीसीआर प्रविधिबाट परिक्षण गर्नका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
मंगलबार पोखरा महानगरपालिकाको वडा नं १० र १२ मा ३४ जनाको नमुना परीक्षण गरिएको थियो। ३४ जनाको नमुना पररीक्षण गर्दा १ महिलाको पोजेटिभ रिपोर्ट आएको हो । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनी दुबईमा छोरालाई भेटेर ८ चैतमा नेपाल फर्किएकी थिइन् ।
Leave a Reply