October 24, 2021

सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमणको पुष्टि एक जनाको रिपोर्ट आउन बाँकी ।

वैशाख २काठमाडौं ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । by onlinekhabar .com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*