
चैत्र २९ पोखरा :
विश्वब्यापी रुपामा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लडडाउनको घोषणा गरेको यस अबधिमा सुजल डेरी प्रालीले निशुल्क होम डेलीभरीको सुविधा दिने भएको छ ।
पोखरामा रहेर दुग्ध जन्य पदार्थको उत्पादन र विक्री वितरण गर्दै आएको डेरीले पोखरा क्षेत्रका उपभोक्ताका लागि निःशुल्क डेलीभरी सेवा दिन लागेको हो।
डेरीले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना उत्पादनलाई, घर घरमा पुर्याउने योजना अगाडी बढाएको जनाएको छ।डेरीले शनिबारबाट पोखरामा ‘सफल एक्सप्रेस फ्रि होमडेलीभरी नामक सेवा सुभारम्भ गरेको हो ।
डेरीले लकडाउनको अवस्थामा उपभोक्ताको हितलाई ध्यानमा राखेर पोखरा क्षेत्रमा घरघरमा सेवा दिने योजना अगाडी बढाएको सुजल डेरीका बजार विभाग प्रतिनिधि रोविन काफ्लेले बताए ।
पोखरा क्षेत्रका उपभोक्ता र विक्रेताले ९८०१२४०२०४ मा फोन गरी सफलका दुध, दही, पनिर, घ्यू, वटर र नौनी लगायतका उत्पादन अर्डर गरेको अवस्थामा बढीमा २४ घण्टा भित्र निःशुल्क डेलीभरी दिने काफ्लेले बताए । उनले उपभोक्ता र विक्रेताले प्रत्येक दिन बिहान ९ बजे देखी दिउसो १ बजे सम्म अर्डर टिपाउन सक्ने बताए ।
कम्पनीले निःशुल्क होम डेलीभरी सेवाको लागि मापदण्ड समेत बनाएको छ । कम्पनीले बनाएको मापदण्ड अनुसार उपभोक्तकाले न्यूनतम ८ सय र विक्रेताकाले न्यूनतम १ हजार ५ सय भन्दा बढी रकम बराबरको सामाग्री अर्डर गर्नुपर्ने छ।
Leave a Reply