May 15, 2021

विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी

चैत्र २८ एजेन्सीः कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। शुक्रबार राती १० बजेसम्म एक लाख २ सय ६० जनाले ज्यान गुमाएका छन्।

१६ लाख ४७ हजार संक्रमित भएकामा ३ लाख ६९ हजार निको भएका छन्। सबैभन्दा बढी मृत्यु इटाली र सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ। मृतक संख्यामा पनि अमेरिकाले इटालीलाई उछिन्ने सम्भावना छ। अमेरिकामा चार लाख ७८ हजार संक्रमित भएकामा करिब १७ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

त्यहाँ २६ हजार मात्र निको भएका छन्। इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ। इटालीमा एक लाख ४७ हजार संक्रमित भएका छन् भने तीमध्ये करिब ३० हजार निको भएका छन्।

स्पेनमा एक लाख ५७ हजार संक्रमित भएकामा १५ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*