September 26, 2021

पर्यटकको ताँती लाग्ने ठाउँमा भैसिको ताँती : फोटो फिचर

SONY DSC

रोहीत वस्नेत
चैत्र २६ पोखरा :

”पोखराको लेकसाईड” जहाँ पर्यटकको ताँती लाग्ने ठाउँमा भैसिको ताँती…….समयको खेल ।
यो दुर्गती कहिले सम्म भोग्नु पर्ने ? कसैलाई थाहा छैन । कस्तो विपत्ति ?
यो भनाई हो पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोख्रेललेको ।

उता पोखरा लेकसाईडका एक समाजसेवी युवा अलिन थापा लेख्छन् लकडाउनको असर आम नागरिक लाई मात्र हैन ,यी पशुहरुमा पनि ठुलो असर परेको छ । यो अवस्थामा बिचरा एक कृषकले यी सबै चौपायालाई खाद्यान्न पुराउन पनि गारो नै हुन्छ हाल सबै पसल बन्दमा यी चौपायाहरु चौर,घाँस कौ खौजीमा पौखरा लेकसाईडकौ सडक सडकमा भौतारीरहेका छन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सन्त्रास नेपालमा पनि फैलिएको छ । यस रोगको संक्रमणले धेरै क्षेत्रमा प्रभाव पारेको छ, तर सबैभन्दा प्रभावित पर्यटन क्षेत्रमा बढी देखिएको छ ।

कोरोनाले अब पर्यटन क्षेत्रलाई ठूलो क्षति पुर्याउने निश्चित छ अहिले धेरैजसो उद्योग बैंकको ऋणमा आधारित छन् भने भ्रमण वर्ष २०२० को माहौलमा पर्यटक आगमन बढ्दो क्रममा रहेका कारण सबैजसो व्यवसायीले लगानी थपेका छन् ।

सरकारले लकडाउन गरे आज १६औं दिन जताततै सुनसान छ । अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन् । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सवारी साधन सञ्चालन भएका छैनन् । सडकमा सुरक्षाकर्मी र फाट्टफुट्टबाहेक कोहि हिँडेका छैनन्। सबै पसलहरु बन्द छन् । सरकारले लकडाउन उलंघन गरेमा ६ महिनासम्म कैद र रु, ६ सयसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

कोभिड—१९ कोरोना भाइरस नेपालमा हालसम्म नौ जनामा संक्रमित देखिएको छ । जसमा एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्रमण धेरै फैलिन पाएको छैन । तर भविष्यमा कोरोनाको संक्रमण रोक्नु झनै महत्त्वपूर्ण कुरा हो ।

कोरोनाका कारण नेपालको पर्यटन उद्योगमा फेरि एकपटक मन्दी आउने खतरा छ ।
पोखरामा रहेका तारे होटल देखि साना तिन लगभग ९०० होटलहरु सवैका गेटमा भोटे ताल्चा लागेको छ । जबकि यो पर्यटकका लागि उपयुक्त मौसम हो, यही मौसममा पर्यटक हिड्ने तेही बाटो भरी छाडा चौपाया देख्न सकिन्छ । आशा गरौं हामी फेरी समान्य जीवनमा चाँडै फर्कन्छौं । सुरक्षित रही घर मै बसौ है ।

फोटो : अनिल थापा लेकसाईड लगायत केही समाजिक सञ्जालबाट ।

SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*