July 24, 2021

दुईसाता अझै चुनौतीपूर्ण :प्रधानमन्त्री

चैत्र २५ काठमाडौं :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका हुन् । नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए ।

कोरोविरुद्धको लडाइमा थप सावधानी अपाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले अबका दुई साता नेपालीका लागि अझै चुनौतीपूर्ण हुने बताएका छन्। उनले समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताएका छन्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*