September 23, 2021

कुन मन्त्रीको कुन प्रदेशमा जिम्मेवारी

चैत्र २४ काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नरहेका मन्त्रीहरूलाई अतिरिक्त जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

  • भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ को जिम्मा ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मा ।
  • वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मा ।
  • ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ सँग समन्वय गर्ने जिम्मा ।
  • खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भने सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने गर्ने जिम्मा ।
  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फे संसदमा उपस्थिति दलसँग समन्वय गर्ने जिम्मा ।
  • महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिकहरूको अवस्थाबारे जिम्मा ।
  • युवा तथा खेलकुद मन्त्री जगत विश्वकमाले स्वयंसेवक व्यवस्थापन गर्ने जिम्मा ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*