September 27, 2021

फ्रान्सबाट काठमाडौं आएकी १९ बर्षिया युवतीमा कोरोना : सँगै आएका अरु साथी कता होलान ?

चैत्र १० काठमाडौं :

कोरोना संक्रमण देखिएकी युवतीका परिवारलाई नै क्‍वारेन्टाइनमा राखिएको छ। फ्रान्सबाट चैत ४ मा कतार हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि परिवारलाई नै क्‍वारेन्टाइनमा राखिएको हो।

होम क्‍वारेन्टाइनमा बसेको अवस्थामा ती १९ वर्षीया युवतीलाई कोरोना भाइरस (कोभिड-१९) देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको हो।

सरकारले आइतवार मात्रै कोरोनाको सम्भावित संक्रमणबाट उत्पनन्‍न हुने जटिल परिस्थितिलाई ध्यान दिँदै काठमाडौं उपत्यकामा ५ हजार क्षमताको क्‍वारेन्टाइन बनाउने जनाएको थियो।

नेपालमा यसअघि एकजना युवकलाई कोरोना देखिएको थियो। तर एक महिना अघि नै उपचारपछि उनी ठीक भइसकेका छन्।

कोरोना भएको भनिएका वीरगञ्जका एक व्यापारीको भने रिपोर्ट नेगेटिभ आएको छ।

फ्रान्स बाट कतार हुँदै नेपाल आउने जहाज मा कति यात्रि थिए ? ति हाल कहाँ कहाँ गए ? चालक दलका सदस्य कति थिए ?

सरकारले केही समय अगाडी यसलाई नियन्त्रण गरेको भए आज यस्तो अवस्था हुने थिएन अझै पनि ति सम्पूर्ण यात्रीहरुको पहिचान हुन नितान्त आवश्यक देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*