
रोहीत वस्नेत :
चैत्र ८ पोखरा
पोखरामा ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नभएको जानकारी प्राप्त भएको छ ।
कोरोना भाइरसको जोखिम बढेको र बजारमा ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव भन्ने सुनीए पनि अभाव नभएको बुझएिको छ । गण्डकी प्रदेश सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न समेत आग्रह आग्रह गरेको छ । ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन उपभोक्ता हित संरक्षण विभागले आग्रह गरेको हो ।
विभागले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही समेत हुने बताएको छ ।
ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले बजारमा दैनिक अनुगमनले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ ।
ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन गण्डकी प्रदेश सरकारले आग्रह गरेको छ ।
लामो समयसम्म ग्यास स्टकमा राख्दा सिलिण्डर पड्कने जोखिम धेरै हुने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव नभई अस्वभाविक माग बढ्दा केही समस्या देखिएको निगमका अनुसार कोरोना भाइरसको जोखिमका कारण नाकाबन्दी हुने डरले उपभोक्ताले सबै खाली सिलिण्डर एकैपटक भर्न खोज्दा अभाव देखिएको हो । यसलाइ आधार वनाएर ग्यास पाईदैन भन्ने हल्लाको पछी नलाग्न सम्पूर्णलाई आग्रह गरेको छ ।
यसै गरी हामीले समाजीक संञ्जालबाट माक्स ग्यास अभाव भन्ने खोजतलास तर्क गरे सँगै विभिन्न उपभोक्ताहरुले पोखरामा ग्यासको अभाव नरहेको बताएका छन् ।
पोखरामा रहेका उपभोक्ताहरु : दिनेश भुसाल, Kalyan Prakash., विजय केसी, थाम नारायण पोख्रेल, भिम नेपाली, महेश्वर रीमाल D.Ar Koirala, Hari KC, सुसिल बास्तोला कञ्चनहरी ढुङ्गना र पवित्रा थापा मगरले ग्यास अभाव नरहेको बताएका छन् । यस्तै छोरेपाटन बाट हरी प्रसाद पौडेल काठमाडौबाट भगवती भट्टराईले समेत ग्यास अभाव नरहेको बताउनु भएको छ ।
Leave a Reply