May 12, 2021

चेम्बर अफ कमर्स विरौटा इकाइ कमिटी गठन

चैत्र ३ पोखरा :

पोखरा चेम्बर अफ कमर्सले पोखराका विभिन्न वडामा संस्थाका इकाइ विस्तार गरिरहेको छ । हालै भएको पोखरा वडा नं. १७, २१, २२ र ३३ को भेलाले नगेन्द्र शर्मा भण्डारीको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी गठन गरेको हो ।

समितिमा उपाध्यक्ष राजु सुनार, महासचिव गोकर्ण क्षेत्री, कोषध्यक्ष शम्भुनाथ योगी, सहकोषाध्यक्ष शोभा बालकोटी र सदस्यमा दुर्गादत्त भण्डारी, रामचन्द्र सुवेदी, राजेश, रमेश पोख्रेल र हेमराज सुवेदी छन् । इकाइ सल्लाहकारमा गणेश श्रेष्ठ, रुद्रलाल सुवेदी, प्रेमकुमार सुनार, प्रेमनारायण न्यौपाने र राजु पौडेल चयन भएको पोखरा १७ ड्यामसाइड स्थित साकुरा लज एण्ड रेष्टुरेण्डका संञ्चाल राजु सुनारले जानकारी दिए राजु सुनार उपाध्यक्ष पदमा चयन भएका छन्

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार, कोषाध्यक्ष कमल बस्नेत, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल र उद्योग उपाध्यक्ष गीता तिवारी गौतमले पोखरा चेम्बर अफ कमर्सको बोलेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*