May 12, 2021

लुम्बिनीमा शान्ति प्रार्थना

फागुन ३० लुम्बिनी

पर्यटकीय क्षेत्र लुम्बिनीमा कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरि भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दै प्रार्थना गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*