August 5, 2021

कोरोनाको कारण नेपाली सेना शान्ति मिसन जानबाट बञ्चित

फागुन २९ काठमाडौं :

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्र्तगत सुडान जान लागेका करिव सात सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ ।

शान्ति मिसनका लागि गत फागुन २५ गते नै त्यसतर्फ उड्नुपर्ने नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे । युएन हेडक्वार्टरले कोरोनाभाइरसको महामारी बाहेक अन्य कारण समेत देखाएर मिसन रोकेको सैनिक उच्च स्रोतले जनाएको छ । तर अन्य केकारण र कति समयलाई रोकेको हो भन्ने सेनाका अधिकारीहरुले खुलाएका छैनन् ।

प्रवक्ता पाण्डेले कोरोना कारण देखाएर मिसन रोकिएको दावी गरे पनि यसमा सेनाभित्रकै अन्य कारणहरुले पनि भूमिका खेलेको उच्च सैनिक स्रोतको दावी छ । जसले गर्दा युएनले यसअघि नेपाली सेनामाथि राखेको विश्वासमा ह्रास आएको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।

तर प्रवक्ता पाण्डे यस्ता घटना पहिला पनि हुँदै आएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो देशमा पर्छ ।

हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् । जसमा नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरी जम्मा ५ हजा ६५८ जना सुरक्षाकर्मी कार्यरत रहेका छन् ।

जसमध्ये नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् ।

पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १ लाख २९हजार ८ सय ९९ जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् । जसमध्ये नेपाली सेनाका १ हजार ४ सय १ जना महिलाले सहभागिता जनाइसकेका छन् । हाल १ सय ८१ जना महिलाहरु विभिन्न मिसनहरुमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

यसअघि २०७३ मा पनि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका ३२ जना नेपाली शान्ति सैनिकलाई सुडानबाट फर्काइएको थियो । ratopati

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*