September 23, 2021

कोरोनाको त्रास पर्यटकीय राजधानी पोखरा सुनसान

रोहीत वस्नेत

फागुन २४ पोखरा :

प्रायः सधैंभरि विदेशी पर्यटकले भरिभराउ हुने नेपालको पर्यटकीय राजधानी पोखरा लेकसाईडका गल्लीहरु आजभोली सुनसान छन् । नोभेल कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेपछि अन्तर्राष्ट्रिय बन्द भएको पर्यटक आवागमनका कारण पर्यटकीय राजधानी पोखरामा पर्यटकहरुको चहल पहल घटेको छ ।

चारवर्ष अघि विनाशकारी भूकम्पले थला परेको पर्यटन बजार तंग्रीन लागेको के थियो फेरी कोरोनाको त्रासका कारणले पर्यटकहरुको तहल पहल घटेको देखिन्छ ।

पर्यटन वजार लेकसाईडको छेउछाउ बसेर रुद्राक्षका माला शरिर भरी बोकेर शिवको जस्तो शरीर बनाएर माला बेच्ने व्यापारीहरु, नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा प्रयोग हुने नेपाली संस्कृतिको मादल र सारंगीको मिठास धुनले पर्यटक लोभ्याउनेहरु आजभोली बेपत्ता छन् ।

प्रायः सधैंभरि भ्याई नभ्याई हुने पर्यटकीय राजधानी पोखरा लेकसाईडका व्यापारीहरु आजभोली मोबाइलमा झुमेर दिन कटाउन बाध्य देखिन्छन् ।

गोर्खाबाट लेकसाईडमा आएर आफ्नो १८ वर्षको व्यापारको सिलसिलामा अहिलेजस्तो संकट २०७२ सालको महाभुकम्पमा पनि नदेखेको ट्रेकिङ्ग सप चलाउने नेत्र पौडेल सुनाउँछन् । ‘व्यापार छैन, यही मोबाइलमा छिनमा गेम खेल्छु छिनमा सामाजिक सञ्जालमा भुल्छु यसै गरी दिन बित्ने गरेको छ, उनी भन्छन् महिना सकिने बेला भयो एक सुकाको व्यापार छैन कसरी भाडा तिर्ने ? कसरी केटाकेटी पाल्ने ?

भाडामा लिएर होटेल संचालन गरेका व्यवसायीलाई भाडा तिर्न समेत सकस परेको बताउछन होटल व्यावसायी १२ बर्ष खाईनखाइ खाडीमा पसिना चुहाएर ल्याएको ३५ लाख रुपैया धरौटी स्वरुप बुझाएर लेकसाईड गौरीघाट भित्र गल्लीमा होटल शुरु गरेका धन वहादुर थापा २ महिना सम्म भाडा तिर्न नसकेको गुनासो गर्छन ।

एकाध विदेशी तथा भारतीय पर्यटकहरु अहिले पनि लेकसाईडका गल्लीमा भेटिन्छन् । त्यसबाहेक लेकसाईड समग्रमा भन्दा आजभोली सुनसान छ ।

कोरोनाको त्रासका कारण सिजन सुरु हुने बेलैमा अधिकांश घुम्नका लागि अनलाइनबाट बुकिङ पर्यटकहरुको बुकिङ बन्द हुने क्रम बढेपछि पर्यटन व्यवसायीहरु कसरी घरभाडा तिर्ने कसरी व्यापार गर्ने चिन्तामा डुबेका देखिन्छन् । सिजनको सुखद पर्खाइमा रहेका व्यवसायी एकाएक बुकिङ रद्द भएपछि थप चिन्तित बनेका छन् ।

सर्लाहीका निरज शाह फेवातालको किनारमा टाटु बनाउने (लेख्ने) काम गर्छन एक दशक भारतको गोवा तथा मुम्बईमा भारतीय चलचित्र कलाकारहरु सँगै काम गरेका उनी आफ्नो देशमा केही गरौ भनेर नेपाल आएको एक बर्ष भयो पहिला व्यापार राम्रो थियो सन्तुष्ट थिए तर अहिले पट्यार लाग्दो भएको छ उनी भन्छन् हामी बाटामा बस्ने व्यापारीलाइ त यस्तो गाह्रो भएको छ भने सटर भाडामा बसेका व्यापारीलाई कस्तो होला ? उनले प्रश्न गर्छन ।

लेकसाईडका प्राय : सबै होटलहरु सुनसान देखिन्छ रेष्टुरेन्टहरुको समेत व्यापार चौपट भएको छ । होटल तथा रेष्टुरेण्टका कर्मचारीहरु काम नभएर मोवाइलमा झुलेका देखिन्छन् । लेकसाइडमा गुड्ने अधिकाशं ट्याक्सी चालकहरु गैरीघाटमा जम्मा भएर पोट खेलीरहेका देखिन्छन् लेकसाईडमा अन्य व्यवसायीहरु पनि मारमा परेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ । सरकारले उत्साहका साथ २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भ्रमण वर्ष– २०२० घोषणा गरेको थियो । तर कोरोना संकटका कारण सरकारले भ्रमण वर्ष लक्षित सबै कार्यक्रम रद्ध गर्ने घोषणा गरिसकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*