May 8, 2021

नेपाल भ्रमण वर्ष २०२० स्थगित : सन् २०२२ मा हुन सक्ने ।

फागुन १९ पोखरा :

कोरोना भाईरस नेपालमा भित्रिन नदिन सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई स्थगित गर्ने निर्णय गरेको छ । आईतबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागि एक मन्त्रीका अनुसार कोरोना भाईरसलाई मध्यनजर गदै भ्रमण वर्ष स्थगित गर्ने छलफल भएको र प्रधानमन्त्रीले अहिले स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष मनाउ भन्नुभएको हो ।
चिनको चुहान सहरबाट देखा परेको कोरोना भाईरस ३६ भन्दा बढी देशमा देखा परेको छ । कोरोना देखिएका देशहरुले आफ्ना विमानस्थलहरुमा सुरक्षा अपनाएका छन् भने पर्यटक भिषामा आउने पर्यटकलाई अनुपति दिएका छैनन । नेपालले कोरोना भाइरस संक्रमण फैलिन नदिन विमानस्थलमा हेल्थ डेस्क सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन ।


विभिन्न देशको हवाइ उडान रोकिने
त्यसैगरी सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ ।
चीनका साथै जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । कोरोनाका कारण चीनपछि सबैभन्दा धेरै मृत्यु इरानमा भएको छ भने दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण फैलिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*