September 26, 2021

‘भारत सेल्स मिसन २०२०’ पोखरा पर्यटन परिषद्

फोटो पर्यटन व्यवसायी सन्तोष पोख्रेलको फेसबुकबाट

फागुन ९ पोखरा
भारतका उत्तर पूर्वी सहरमा पोखराको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा २१ जनाको टोली भारततर्फ लागेको हो ।
‘भारत सेल्स मिसन २०२०’ पोखराको प्रवद्र्धन गर्न भारतको पश्चिम बंगालस्थित सिलिगुरी र कोलकाता लगायत सीमावर्ती सहर सिलिगुरीमा हुने बंगाल ट्राभल मार्टमा टोली सहभागी हुने छ ।
उक्त बंगाल ट्राभल मार्टमा नेपालको तर्फबाट पोखराका होटल, ट्राभल, ट्रेकिङ्ग सम्बद्ध व्यवसायीले डेस्क राख्नेछन् ।

फागुन ११ उक्त बंगाल ट्राभल मार्टमा ‘पोखरा नाइट’ हुने छ । उक्त नाइटमा पोखरा सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने छ । पोखराको लोक संस्कृति झल्किने प्रस्तुती समेत राखिने छन् ।
फागुन १२ मा उक्त टोली पश्चिम बंगालको राजधानी कोलकाता पुग्ने छ ।

फागुन १३ मा कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुने छ । उक्त कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले कोलकाताका पर्यटन व्यवसायीलाई आफ्ना प्याकेजका बारेमा जानकारी दिनेछन् । पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्नेछन् ।

बंगाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषदको यो पाँचौं सहभागिता हो । सेल्स मिसनको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतका उत्तरपूर्वी सहरमा विगतमा भएका प्रवद्र्धनात्मक कार्यक्रमले भारतीय पर्यटकको पोखरा आगमनमा वृद्धि भएको बताए । उनले यतिबेला कोरोना भाइरसले चिनियाँ पर्यटकको आगमनमा कमि भएकोले पनि भारतीय सहरका प्रवद्र्धन आवश्यक भएको उल्लेख गरे । ‘चिनियाँ पर्यटकको कमिलाई पूर्ति गर्न पनि भारतीय सहरमा प्रवद्र्धन रोजेका हौं,’ उनले भने, पर्यटनमा परेको संकटलाई यसले थोरै भएपनि राहत पुग्ने छ ।

टोलीलाई शुक्रबार गण्डकी प्रदेश सांसद राजीवले विदाइ गरेका थिए । सेल्स मिसनमा पोखरा पर्यटन परिषदमा आवद्ध सम्पूर्ण पर्यटन व्यवासायी नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*