May 12, 2021

खहरे टोल विकास संस्थामा पुनः खिमलाल पहारी : महानगर भित्रका टोल विकास संस्थामा खहरेको अग्रता

रोहीत वस्नेत

फागनु ५ पोखरा : खहरे टोल विकास संस्थामा पुनः खिमलाल पहारी अध्यक्षमा चयन भएका छन्

संस्थाको पाँचौ अधिवेशन तथा दशौं वार्षिक साधारण सभाले खिमलाल पहारीलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा गणेशराज पहारी, सचिवमा निर्मल पहारी, सह सचिवमा तारानाथ पहारी, कोषाध्यक्षमा अशोक पराजुली तथा सह कोषाध्यक्षमा सचिप्रभा कोइराला चयन भएका छन् ।
त्यसैगरी सदस्यमा लता पहारी, देवी लामीछाने, मिना रानाभाट, राजु बराल, धन बिक्रम ढकाल(बलराम) हरि पहारी तथा नेत्र बहादुर नेपाली लाई चयन गरीएको छ ।

खहरे टोल विकास संस्थाद्धारा नव निर्मित बहुउद्देशीय भवनलाई ठुलो सहयोग गर्ने सहयोगदाता यस कार्यक्रमका प्रमुख अतिथि बेदनाथ पहारीले लामो समय विदेशमा जिवन विताए पनि हाल आएर आफु जन्मेको थलोमा केही न केही सहयोग गर्नु पर्छ भन्ने सोच र विचार राखेको बेला यस्तो पुनित कार्यमा सहयोग गर्ने मौका पाएकोमा अत्यन्तै खुसी व्यक्त गरे । उनले अगाडी भने मानीस जन्मन्छ, बुढो हुन्छ र अत्यमा मृत्यु हुन्छ बाँचुन्जेल समाजमा सेवा गर्नु मानविय धर्म हो यस संस्थाद्धारा नव निर्मित बहुउद्देशीय भवनमा सहयोग गर्ने ठुलो मौका मिल्यो पुनः यसका लागी खहरे टोल विकास संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगत वहादुर पहारीले खहरे टोल विकास संस्थाले समाजको विकासको लागी धेरै राम्रो काम गरेको यसका लागी वडा नं. ६ जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

खहरे टोल विकास संस्थाका उपाध्यक्ष गणेश राज पहारीले स्वागत मन्तव्य राख्दै खहरे टोल वासी महानुभावहरुको बयान गर्दै विगत, बर्तमान र भविष्यको बारेमा चर्चा गरे ।

संस्थाकी संस्थापक उपाध्यक्ष नानीमाया सिग्देल, वडा नं. ६ का वडा सदस्य विष्णु वहादुर भट्टराई, खहरे आमा समुहको अध्यक्ष मैया थापा भट्टराईले शुभकामना दिएका थिए ।

खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीले खहरे टोल विकास संस्थाको बहुउद्धेशीय भवन निर्माण गर्ने, एक घर एक सदस्य वनाउने तथा टोल विकास संस्था र खहरे दाजुभाई समुहले गर्दै आएको बचत तथा ऋण लाई सहकारीमा समायोजन गर्ने आफ्ना यि तिन महत्वपूर्ण कार्य भएको जानकारी दिए ।

विगतका केही कार्य तथा भावियोजनाहरु सचिवको प्रतिबेदनमा सचिव शिवराज अधिकारीले प्रस्तुत गरे
बाटो निर्माण , जलजला बाट आएको पहिरो नियन्त्रण कार्य, वृक्षरोपण कार्यक्रम रानेपानिको लागी बोरीड्ड निर्माण , दिर्घकालिन रोगीलाई रकम हस्तान्तरण,टोल उज्यालो कार्यक्रम ,भत्कीएको बाटो मर्मत

विभिन्न सामाजिक कार्य र भावी योजनाहरु सचिव शिवराज अधिकारीले आफ्नो प्रतिबेदनमा प्रस्तुत गरेका थिए भने खहरे टोल विकास संस्थाले आफ्नो बुहुउद्देशीय भवन निर्माणमा सहयोग गर्ने लगभग २०० जना सहयोग दातालाई सम्मान समेत गरेको छ । पुन: स्मरण रहोस पोखरा महानगरपालिका भित्र पर्ने टोल विकास संस्थाहरुमा खहरे टोल विकास संस्था पोखरा-६, बैदाम सामाजीक कार्यमा अग्रता हासिल गरेको पाईन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*