September 23, 2021

नाट्टा गण्डकी प्रदेशमा सञ्जयकान्त सिग्देल : पर्यटन संस्थाभित्र राजनीति हाबी

रोहीत वस्नेत

फागुन ३ पोखरा : नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशले सञ्जयकान्त सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गण्डकी प्रदेशको ११औं अधिवेसन तथा २५ औं वार्षिक साधारणसभाले सञ्जयकान्त सिग्देलको अध्यक्षतामा कार्यसमिति सर्वसहमतले चयन गरेको छ यसै गरी प्रथम उपाध्यक्ष हरिराम अधिकारी, उपाध्यक्ष किशोर दाहाल महासचिव कमला गिरी, सचिव संगीता पौडेल, कोषाध्यक्ष राजेश पाहरी र सह कोषाध्क्षमा नवराज भण्डारी चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा सन्दिप श्रेष्ठ ,सुबास पहारी ,तारा प्रसाद गौतम ,खिम बहादुर नेपाली ,सुशिला सिग्देल चयन भएका छन् ।

नेपालको पर्यटन उद्योगको अभ्यास धेरै लामो समय नभएतापनि देशमा पर्यटकहरुलाई सेवा उपलब्ध गराउने विभिन्न संघसंस्था र संगठन स्थापना भएका छन् । प्रत्यक्ष हिसावले मुलुकलाई महत्वपुर्ण योगदान नपुर्याएतापनि पर्यटनले नेपालको यूवाहरुलाई रोजगारीको अवसर प्रदान गरेको र नेपाली किसानले उत्पादन गरेका कृषि उत्पादनलाई खपत गर्न मद्दत पुर्याएको देखिन्छ ।
नेपालको पर्यटनको गतिविधिहरु दुर्गमक्षेत्रमा हुने पदयात्रा तथा हिमाल आरोहण भएकाले समेत देशलाई प्राप्ति हुने आय आर्जनमा सेवा प्रदान र देशको अर्थतन्त्रलाई माथी उकास्न मुख्य ठुलो भूमिका खलेको पाईन्छ ।

मुख्यगरी पर्यटन क्षेत्रमा अध्ययन गर्दा होटल संघ (हान), रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) ट्रेकिङ्ग एजेन्टस् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर्स एजेन्टस् (नाट्टा), (पाटा), नेपाल एसोसिएसन अफ र्याफ्टिङ्ग (नारा) र नेपाल पर्वतारोहण संघ (एनएमए) जस्ता संगठनहरुले देशको समग्र पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गरेको पाईन्छ ।
नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप बढेको थियो । निर्वाचन आउन केहीदिन अघिनै (नाट्टा) अध्यक्षका लागि व्यवसायीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिए ।

उनीहरु निर्वाचनको प्रचार प्रसार तथा व्यावसायिक छलफल, गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्थे भने अन्य पदाधिकारीको पदका लागि पनि व्यवसायी प्रचारमा जुटेका थिए । आज नाट्टा गण्डकी प्रदेश कमिटिको ११औं अधिवेसन तथा २५ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमितिका लागि निर्वाचन भयो ।

व्यावसायिक एकताको सन्देश, नेपाल भ्रमण वर्ष २०२०कोअभियान,पर्यटन प्रवद्र्धनात्मक गतिविधि अध्यक्षका दावेदारले संस्थाको नेतृत्वका मुख्य एजेण्डा थिए ।

पछिल्लो समयमा विभिन्न पर्यटकीय संस्थामा राजनीतिक गुटबन्दी हुने गरेको छ । निर्वाचनमा विभिन्न राजनीतिक दल निकट भएर चुनावी प्रतिस्पर्धामा होमिएको देखिन्छ । व्यावसायिक संस्थाभित्र राजनीति हाबी हुँदा समग्र पर्यटनका गतिविधिमा एकता र प्रवद्र्धन प्रभावकारी नहुने नाट्टाका संगठनका साधारण सदस्यहरुले गुनासो गरेका छन् ।

मुलकमा एउटै प्रकृतिको पेशा गर्ने पर्यटन संगठनहरु च्याउ उम्रे जसरी व्यवसायी संगठनहरु कार्यरत रहेको नेपाल जस्तो सानो मुलुकमा जहाँ १० लाख पर्यटककहरु भित्र्याउनलाई धौ धौ भईरहेको छ यहाँ यत्रा संगठनहरुको आवश्यकता किन ?

हुनत लोकतन्त्रमा संघ संस्था खोल्न, संगठित हुन र गतिविधिहरु सञ्चालन गर्नलाई प्रोत्साहित नै गरीन्छ तर त्यस्ता संस्थाहरुले के मुलुकको पर्यटनलाई योगदान दिन सक्षम हुन सक्छन त ?
यसरी सँघ सँस्थाहरुको बढोत्तरीले मुलुकलाई प्रवद्र्धन गरेको छकि फेसवुक, पत्रपत्रिका र अनलाईन मिडियामा आफ्ना फोटो छपाएर लोक पृयतावादी हुनेमात्र कार्य गरेका छन ? अव यो चासोको विषय बन्न सक्छ ।

यो नेता बन्ने प्रचलनले नत बुद्धिको विकास हुन्छ न व्यवसायीक गुणात्मकता नै थपीन सक्दछ केवल अनावश्यक र फजुल खर्च बढ्ने अवस्थाको सृजना हुन्छ । प्रत्येक बर्षको सम्मेलन तथा साधारणसभा र निर्वाचन जस्ता प्रकृयामा हुने खर्चको हिसाव गर्ने हो भने पर्यटकीय राजधानी लेकसाइर्डमा एक राम्रो खालको सार्वजनिक शौचालय तथा पर्यटकले पिउन सक्ने स्वच्छ खानेपानी को निर्माण तथा पर्यटकीय क्षेत्रमा नेपाल भम्रण बर्ष २०२० सफल पार्न पूर्वाधार विकास गर्न सकिन्थ्यो कि ?

देशको पर्यटन विकासलाई टेवा पुर्याउने मूल उद्देश्य राखेर खोलिएका यी संघ संस्थाहरुले आफु नेता वन्ने नाउँमा व्यवासायीहरुको समय, साधन र श्रोतको दोहन गरीरहेका छन भन्दा कुनै आपत्ती नहोला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*