May 12, 2021

चीनमा रहेका नेपालीलाई उद्दार गर्न उड्यो विमान ।

फागनु ३ काठमाडौं :

कोरोना भाइरसको ‘केन्द्रबिन्दु’ चीनको हुबेई प्रान्तको राजधानी उहानबाट १ सय ८५ जना नेपालीलाई आज ९शनिबार० राति नेपाल ल्याइने भएको छ । लिन जाने टोलीमा ३ चालक, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उहानबाट नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको २ सय ७८ सिटे ‘वाइडबडी’ विमान नेपाली समयअनुसार शनिबार दिउँसो अपरान्ह ४ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ‘वाइडबडी’ त्यस तर्फ उडेको छ । विमान साँझ पौने सात बजे वुहान पुग्ने र त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने छ । नेपाली समयअनुसार भोली बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

उनीहरु सबैको चीनमै स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको पुष्टि भएपछि मात्र नेपाल ल्याइनेछ । कोरोनाको लक्षण देखिए उपचारका लागि चीनकै अस्पताल पठाइने छ । यसअघि चीनले शरीरको तापक्रम ३७।३ डिग्री सेन्टिग्रेडभन्दा बढी हुने नेपालीलाई स्वदेश फर्कन नदिने जनाउ बेइजिङस्थित नेपाली दूतावासलाई दिइसकेको छ।

यस्तै त्रिभुवन विमानस्थल आइपुगेपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिने छ । परीक्षणमा कोरोनाको लक्षण देखिए टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लैजाने तयारी गरिएको छ । स्वस्थ व्यक्तिलाई भक्तपुरको खरीपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने छ भने उनीहरुलाई लिन गएको विमानका चालक लगायतलाई नगरकोटको खानेपानीको कार्यालयमा निगरानीमा राखिनेछ । उनीहरुलाई त्यहाँ राख्दा कोरोनाको लक्षण देखिए तत्काल अस्पताल लगेर आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*