July 24, 2021

नाट्टा गण्डकी प्रदेशमा झवि अधिकारी समुहद्धारा उमेद्धवारी घोषणा : संक्षिप्त परिचय

रोहीत वस्नेत

माघ २९ पोखरा :
यति बेला चिनका केही प्रान्तहरुमा देखा परेको कोरोना भाइरस र त्यसले विभिन्न मुलुकमा पारेको असरका कारण पर्यटकहरुको आगमनमा थलिएको पोखराका केही पर्यटन व्यवसायीहरुमा चुनावी माहोल बढेको छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेशमा नयाँ नेतृत्वका लागि यति बेला झवि अधिकारी समूहले उमेद्धवारी घोषणा गरीसकेको छ ।

समूहको प्रथम उपाध्यक्ष सुबास भण्डारी, द्धितिय उपाध्यक्ष नेत्रपाणी भण्डारी ,महासचिव कुलचन्द्र शर्मा, सचिव चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी रहेका छन् भने कार्यसमिति सदस्यहरुमा खेमबहादुर नेपाली, सुशिला सिग्देल,शोभाकर तिवारी, फणेन्द्र थापामगर र प्रकाश सुबेदी रहेका छन ।

आगामी फागुन ३ गते हुने निर्वाचनले २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
चुनावी माहोलमा होमिएका कुशल पर्यटन व्यवसायी झवि अधिकारी अगाडी भन्छन् ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मात्र संस्था र समग्र ब्यबसायीहरूको हक अधिकार सुरक्षित हुन्छ ।

नयाँ नेतृत्वका लागि अगाडी बढीरहेका अध्यक्ष पदका व्यवसायी झवि अधिकारीको एक संक्षिप्त परिचय :
सन् १९९२मा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भई करिब ५ बर्ष नाट्टा पोखराको कार्यालय सचिवमा कठिन परिस्थितिका बावजुद पनि काम गरेका झबि अधिकारी नाट्टा नै आफ्नो पर्यटन क्षेत्रको पहिलो पाईला भएको बताउँछन् ।

१९९६ मा होटल मुनलाईटमा जनरल मेनेजरको कार्यभार समालेका अधिकारी शिक्षण पेशामा पनि उत्तिकै रुचि राख्थे उनले पढाएका थुपै्र विधार्थी मध्ये केही अहिले पर्यटन व्यावसायमा स्थापित भईसकेका छन् । २००१मा मल्टिनेशनल टुर्समा साझेदारी व्यवसाय शुरु गरि २००५ मा बाबा एडभान्चर ट्राभल्स एण्ट टुर्सको स्थापना गरी करिब दुई बर्ष पर्यटक बस व्यवसाय गरेको अनुभव छ ।

सन २००५ बाट नै नाटाको बोर्ड सदस्य हुदै निरन्तर सह—कोषाध्यक्ष को जिम्मेवारी समालेका उनि विभिन्न उप-कमिटि संयोजक भएर कुशलता पूर्वक आफ्नो जिम्मेवारी सम्हाली सकेका छन् ।

सन् २००७ मा पर्यटक वस उप-कमिटिको संयोजक भई रहँदा पर्यटक वस भलाई कोष स्थापना गराउन प्रमुख भूमिका मा थिए । उनि सँग पर्यटन व्यवसायीको छाता सँगठन पोखरा पर्यटन परिषद्को कोषाध्यक्षको जिम्मेवारी समाली परिषद्लाई आर्थिक हिसावमा मजवुद बनाउन उल्लेख्य योगदान पु्याएको परिषद्का पूर्र्व अध्यक्षहरुले बताउँछन् ।

सम्रग पर्यटन व्यवशायले तत्कालिन जनयुद्ध को समयमा व्यहोरेको चरम परिस्थितिमा पनि विचलित नभई निरन्तर पर्यटन व्यवशायमा नै समर्पित अधिकारीको नाटा गण्डकी प्रदेशमा प्रत्येक्ष र अप्रत्येक्ष गरि करिव २८ बर्षको योगदान रहेको छ ।

पर्यटन क्षेत्रको प्रबद्धनबाट नै देशको समृद्धि सम्भब भएको बताउने अधिकारीलाई यस क्षेत्रको प्रबद्र्धन गर्नको लागी होटल म्यानेजमेण्टमा अस्ट्रेलीयाबाट मास्टर्स गरेका उनका जेष्ठ सुपुत्र लगायत परिवारको पूर्ण हौसला रहेको छ ।

अवको नेतृत्व कर्ताको रुपमा झवि अधिकारीलाई राखेका छौं (नाट्टा) गण्डकी प्रदेश जस्तो पर्यटनको क्षेत्रमा एक सकृय गरिमामय संस्थामा झवि अधिकारीको नेतृत्व सुनमा सुगन्ध थपे जस्तो भएको पर्यटन व्यवासयीहरुले बताउँछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*