
रोहीत वस्नेत
माघ २३ पोखरा :
पहाड र मधेसका होमस्टे बिच मितेरी साईनो गाँस्न भिटोफ गण्डकी प्रदेशको जम्बो टोली प्रदेश नं.५ को पर्यटकीय स्थल तथा मधेश होमस्टे बर्दीया तिर प्रस्तान गरेको छ ।
नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० र गण्डकी प्रदेश सरकारले विकास र समृद्धीका लागी पर्यटन क्षेत्र लाइ मुख्य आधार मानी आन्तरीक भ्रमण बर्ष २०१९–२०२२ लाई भ्रमण बर्षका रुपमा मनाई रहदा आन्तरीक पर्यटकहरुलाइ लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । गण्डकी प्रदेश पर्यटकीय राजधानी मात्र नभई पवित्र तीर्थ स्थलहरु, ग्रामीण जनजाती, भेषभुषा, संस्कृतीक, परम्परा सुन्दर हिम श्रृङखला अन्नपुर्ण तथा धौलागिरी हरुलाइ उपयोग गर्दै ग्रामीण क्षेत्रमा रहेका स्रोत साधन उत्पादनबाट गाउँको विकास समृद्घीमा योगदान पु¥याउन नेपाल सरकारले ल्याएको नितिलाई अबलम्बन गरी गण्डकी प्रदेशमा भिटोफ नेपालले “हरेक गाँउ पर्यटकीय ठाँउ ” भन्ने मुल नारा साथ प्रबद्र्धनको काम गरीरहेको छ गण्डकी प्रदेश सरकारले आर्थिक समृद्धि हाशिल गर्नका लागी ग्रामिण पर्यटनलाई सार्थक तुल्याउन २७४ वटा होमस्टेहरु सञ्चालन गरेको छ । जसबाट स्थानीयहरुलाई, स्वरोजगार, प्रदान गरेको छ । आयआर्जनमा ठुलो योगदान पुगेको र स्थानीय उत्पादनलाई बढुवा समेत दिएको छ ।
गण्डकी प्रदेशका मुख्य समुदाय गुरुङ्ग समुदाय हो । यो समुदाय पनी यहाँका आदीवासी जनजाती अन्र्तगत पर्दछ । यसैगरी प्रदेश नं. ५ को पर्यटकीय सम्भावना बोकेको अर्को जिल्ला बर्दिया हो ।जाँहा स्थानीय भुमियुगहरुको बसोवास रहेको छ । जहाँ पर्यटकीय सम्भावना भएका ठाँउहरु शिव लिङ्ग मुर्ती वढैया ताल, सिकसार विश्वकै दुर्लव जन्तु कृष्ण सार, हृवलमाछा, विभिन्न जातका चराचुरुङगी हरु, कर्णली नदी, कर्णाली पुल विभिन्न मन्दीरहरु साथै स्थानीय थारु समुदायको संस्कृती, भेषभुषा चार्डपर्व, खानपानहरु र बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पाइने विभिन्न जातका बाघ, हात्ती, गैडा चराहरु लगाएतका जङगली जनावरहरु देख्न पाइन्छ । जहाँ भौगोलीक जैवीक विविधता र मिश्रत संस्कारहरु रहेको पाईन्छ । भ्रमण वर्ष सञ्चालनको शुरुआतीमा नै घरबास पर्यटनको विकासलाई लक्षित गरी गण्डकी प्रदेशका का दुईवटा होमस्टेको प्रदेश नं ५ का दुईवटा होस्टेसँग मितेरी साइनो जोड्न लागिएको हो ।
सयौ वर्ष देखी बसोवास गर्दै आइरहेको थारु समुदायलाइ माथि उठाउनका लागी निकुञ्ज क्षेत्रको अतिनै रमणीय Wildlife सम्बन्धी ज्ञान र आनन्द लीन यहाँ नेपालकै उत्कृष्ट ठाँउ हो ।
यसले गर्दा यहाँको होमस्टेहरु लाई प्रचार र विकास पद्धतीलाई परीस्कृत र परीमार्जन गरी सुन्दर र नमुना होमस्टे बनाउन र आयआर्जन स्थानीय उत्पादनको बिक्री वितरण, स्वरोजगार सिर्जना गरी नेपाल सरकारको समृद्धी नेपाल र सुखी नेपाली भन्ने नारालाई टेवा पु¥याउन सफल हुने उदेश्यका साथ यो गण्डकी प्रदेशको गुरुङ्ग समाज प्रदेश नं ५ को बर्दियाका थारु समुदाय बीच आत्मीयता, संस्कृतीको साटासाट, सहयोग, विश्वास र अवसरलाई समेत साटासाट गर्न कोशे ढुङंगा साबित हुने भिटोफ गण्डकीका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
विभिन्न होमस्टेबीच मितेरी साइनो गाँस्दै पर्यटकको आदानप्रदान एवं आतिथ्यता, स्वागत–सत्कार आदिमा एकअर्काका अनुभव आदानप्रदान हुने विश्वासका साथ यि दुई होमस्टे बिच मितेरी सम्बन्ध कायम गर्न लागीएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक तारानाथ पहारीले बताए ।
यही माघ २३ देखि २५ गतेसम्म गण्डकी प्रदेश अन्तर्गत कास्कीको ताङतिङ सामुदायिक होमस्टे, पर्वतको भुकदेउराली नमूना सामुदायिक होमस्टेसँग प्रदेश नं ५ अन्तर्गत गोविन्दपुर सामुदायिक होमस्टे, बर्दिया र बर्दियाकै खाता जैविक मार्ग होमस्टेसँग सँग मितेरी साइनो गाँस्न लागिएको छ ।
गुरुङ संस्कृतिको प्रत्यक्ष अनुभूति सँगै बर्दियाको गोविन्दपुर थारू संस्कार र संस्कृतिको बेजोड प्रस्तुती रहेको यो मितेरी साइनो कार्यक्रमले पहाड र मदेशको पर्यटन बजारको पहिचान सँगै पर्यटन प्रबद्धनमा ठुलो मूमिका खेल्ने यसले सांस्कृतिक आदानप्रदानमा पनि ठूलै योगदान पुग्ने देखिन्छ ।
स्व. क्याप्टेन रूद्रमान गुरुङले स्याङ्जाको शिरुबारीबाट शुरु गरेको होमस्टे पछिल्ला समयमा गण्डकी प्रदेशमा झण्डै ३०० को हाराहारीमा पुगेको देखिन्छ ।
Leave a Reply