May 8, 2021

नेपाल भ्रमण वर्ष २०२० को पहिलो गाँसमै ढुंगा

फाईल तस्वीर

दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको लागी केरला राज्य सरकारले क्षतिपूर्ति माग

माघ १४ पोखरा :

काठमाडौंबाट ८० किलोमिटर दक्षिण–पश्चिममा निकै रमणीय स्थानमा रहेको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा एउटै कोठाभित्र सुतेका ८ जना भारतीय पर्यटकहरुको मृत्यु भएको थियो । यसबारे सरकारले छानविन अगाडि बढाइरहेको छ ।

उता भारतको केरला राज्यका मुख्यमन्त्रीले भने उक्त घटनाका पीडित परिवारलाई नेपालको सरकारले नगद क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । केरलाका मुख्यमन्त्री पिनारयी विजयनले आफ्नो केन्द्र सरकारका विदेशमन्त्री डा. एस. जयशंकरलाई आइतबार पत्र लेख्दै नेपालसँग क्षतिपूर्ति माग्न सुझाएका हुन् । पत्रमा उनले भारतीयहरुको मृत्युमा होटलको उपकरण जिम्मेवार रहेको दाबी गरेका छन् ।

भारतको केरला राज्यस्थित तिरुअनन्तपुरमबाट नेपाल घुम्न आएका दुई भारतीय परिवार गत सोमबार राति मकवानपुरको थाहा नगरपालिका ४, सीमभञ्ज्याङस्थित एभरेस्ट पानारोमा रिसोर्टमा बास बसेका थिए । पोखरा घुमेर भारत फर्किने क्रममा रहेका उनीहरु बस भाडामा लिएर राति ९ः३० बजे सो रिसोर्टमा प’गेका थिए ।

८ जना वालबच्चासहित १५ जनाको संख्यामा रहेका उनीहरुले ४ वटा कोठा बुक गरे । तर, भोलिपल्ट बिहान एउटै कोठामा ८ जना बेहोस अवस्थामा फेला परे । अर्को परिवार भने छुट्टै कोठामा सुतेकाले सुरक्षित रह्यो । बेहोस अवस्थामा रहेका उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो । तर, ह्याम्स अस्पतालमा पुर्याउँदा सबैको मृत्यु भइसकेको जानकारी डाक्टरले दिए ।

भ्रमण वर्षको पहिलो गाँसमै ढुंगा

बागमती प्रदेशको प्रदेशसभा बैठकमा पनि यो विषय उठेको थियो । केही सांसदहरुले रिसोर्टको पूर्वाधारलाई लिएर प्रश्न उठाएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले भ्रमण वर्षको उत्साहमा रहँदा पहिलो गाँसमै ढुंगा परेको बताइन् । उनले प्रश्न गरिन्, ‘२० औं वर्षदेखि चर्चित रहेको पानोरमा रिसोर्टमा एसी किन छैन रु गार्डेन हिटर ल्याएर कोठामा जोड्न मिल्छ कि मिल्दैन ?

नेकपाकी प्रदेशसभा सदस्य मनु सिग्देलले भ्रमण वर्षको सुरुवातमै भएको दुःखद घटनाले होटल र रिसोर्टको मापदण्डमाथि प्रश्न उठाएको बताइन् । एभरेस्ट पानोरमा रिसोर्ट मापदण्ड अनुसार सञ्चालन भए–नभएको छानविन गरी कारवाही गर्नुपर्नेमा उनले जोड दिइन् ।


पानोरमा रिसोर्ट दामन क्षेत्रको चर्चित दुईतारे होटल हो । यहाँ विदेशी तथा आन्तरिक पर्यटकको राम्रै चहल–पहल हुने गर्छ । यसमा ३० वटा डिलक्स रुम छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*