May 6, 2021

अन्नपूर्ण बेसक्याम्पबाट ठुला संख्यामा पर्यकटकको उद्धार ७ जना भने अझै बेपत्ता

माघ ४ पोखरा :
अन्नपूर्ण बेसक्याम्पबाट ठुला संख्यामा पर्यकटकको उद्धार गरिएको छ । कास्की प्रहरीका अनुसार पर्यटकलाइ उद्धार गरेर छोमरोङ ल्याइएको हो । बाँकी ७ जना भने अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजिका लागि अहिले पनि हेलिकोप्टर मार्फत खोजी र उद्धार कार्य जारी रहेको छ ।शुक्रबार हिउँ पहिरोमा पुरीएका ४ जना कोरियाली र ३ नेपाली गरी ७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।


पर्यटक पुरिएको स्थान देउराली भन्ने ठाउँमा प्रहरी र स्थानीयले हिउँ पन्छाउन थालेका छन्।सम्पर्क विहीन भएकामा कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् भने हराएका नेपालीहरुमा गाइड सरोज परियार बाहेक अन्य दुईको पहिचान खुलेको छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*