October 23, 2021

लेकसाईडका गल्लीमा एउटै STREET नम्बरले पर्यटकलाई सास्ती

रोहीत वस्नेत

पुष १५ पोखरा :
नयाँ बर्ष सँगै नेपाल पर्यटन भ्रमण बर्ष २०२० पोखरामा मनाउने भनेर दावा लामा काठमाडौंबाट तिन जना स्वीडेनका साथी सहीत पोखरा आए उनले पोखराको खहरे स्थित बुकिङ्ग डट कम मार्फत होटल बुक गरेका थिए । काठामाडौंबाट पोखरा पर्यटकबस बाट यात्रा गर्दै पोखरा पुगेका लामाले ट्यासीलाई सोधे लेकसाईड खहरेको भाडा कति हो ? जम्मा पाँच सय रुपैया आफु सहीत तिन जनाको लागी ट्याक्सी लिएर खहरे पुगका लामालाई होटल भेटाउन धौ धौ भयो सम्पर्क नम्बर नभएका कारण होटल बुकिङ्गको भौचरको ठेगाना अनुसार होटल भेटाउन गाह्रो भयो भौचरमा 24 STREET मात्रै लेखिएको थियो ।

सडक महोत्सवका कारण बाटो बन्दले पनि ट्याक्सी ओहोर दोहोर गर्न अलि गाह्रो थियो त्यस माथी नयाँ होटलको नाम सवैले चिन्न अलि गाह्रो नै हुने भयो घुम्दा घुम्दै थप पाँच सय ट्याक्सीले नै खायो बल्ल बल्ल होटल भेटाए उनले पर्यटन समाचार सँग भने ।

एउटै नम्बरका २ गल्लीका कारण होटलको लोकशेन पत्ता लगाउन गाह्रो भएको होटल संचालकले गुनासो गरे ।
खहरेचोक भन्दा थोरै माथी नहरमार्ग गण्डकी प्रदेश सभासद राजीव पहारीको बास स्थानतिर जाने गल्ली Street No. 24 छ भने, फेरी एउटै नम्बर खहरे स्थित सिमपानीमार्ग लेखिएको 3 sister Adventure कम्पनीको आडबाट भित्र जाने गल्लीको नामकरण पनि सोही हुन पुगेको कारण दावा लामाले थप पाँच सय ट्याक्सी भाडा थप गरी होटल भेटाउन सफल भएका थिए ।

करीव २ महीना पहिला कार्तिकमा गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेको भन्दै पोखरा पर्यटन परिषद (पिटिसी) ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरेको थियो ।

केदारेश्वर मन्दिर अघिल्तिरको गल्लीलाई पहिलो मान्दै खहरेसम्मका गल्लीलाई भिन्दाभिन्दै नम्बर दिइने कुरा पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका थिए । झुक्किने गरि एकैखाले नामका होटल, रेस्टुरेन्ट रहेकोले पाहुनालाई पहिचानमा समस्या भएको भन्दै गल्लीलाई एकनम्बर मानेर क्रमैसंग नम्बरिङ गरिएको थियो । ती सबै गल्लीलाई फरक फरक नम्बर र नामले पहिचान दिलाउने उनले बताएका थिए ।

पोखरा महानगरपालिका–६ का अध्यक्ष जगत बहादुर पहारीले परिषद्सँग मिलेर सबै गल्लीलाई नामाकरण गर्दै नम्बरले चिनाउने बताएका थिए । उनले भनेका थिए यसले पर्यटकको आउजाउमा सहज हुन्छ । तर आज एउटै नम्बरका कारण पर्यटकले सास्ती खेप्नु परेको छ । समय मै सम्बन्धित निकायले ध्यान पुराए फेरी अर्का पर्यटकले दुःख नपाउलान कि ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*