September 23, 2021

सडक महोत्सव शुरु : प्राकृतिको थिचो मिचोले मानिसको सभ्यता खतरामा पर्ने : पर्यटन मन्त्री

पुष १२ पोखरा :

“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित ३ किलोमिटर क्षेत्र पोखराको लेकसाइड यति बेला झकिझकाउ पारिएको छ ।

पोखराको शहिद चोक, हल्लन चोक, खहरे चोकको करिब ३ किलोमिटर क्षेत्रमा विभिन्न तुल व्यानर तथा स्वागत गेट एवं झिलिमिली बत्तीले सडक क्षेत्रमा झकिझकाउ पारि महोत्सव शुरु भएको छ । सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने महोत्सवमा ३ किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । कोमागाने पार्कमा सांस्कृतिक, सांगितिक र खानाका परिकारमा रमाउने पाउने छन् ।

सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति रहने छ ।

सडक महोत्सवमा विभिन्न परिकारका खाना, सांस्कृतिक कार्यक्रम नाचगान एकै ठाउँमा उपलब्ध हुने भएकाले गर्दा अँग्रेजी नयाँ बर्षमा आन्तरिक पर्यटकको पोखरा गन्तब्य नै भएको आयोजकले जनाएको छ ।

सडक महोत्सवको अवसरमा आयोजीत झाँकी ¥यालीमा पुन समाज पोखरा पहिलो भएको छ । पुन समाजले पहिलो हुदै नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पानशमा बत्तीबालेर उद्घाटन गरेका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन ९रेबान० पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन् ।

उनले पोखरा विमानस्थललाई आन्तिरक विमानस्थलको हवको रुपमा समेत विकास गर्ने खोजेको बताए । छिटै नै नेपालका विभिन्न ठाउँबाट पोखरामा हवाई सञ्जाल जोड्ने बताए । भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज पोखरा विमान उडाउने बताए । उनले पोखरामा पर्यटकीय पुर्वाधारहरु थप्दै जानुपर्ने बताए ।

उनले फेवाताल मुनिको जग्गा व्यक्तिको नाममा लालपुर्जा कसरी हुन्छ भन्दै प्रश्न गरे । मन्त्री भट्टराईले प्राकृतिको थिचो मिचोले मानिसको सभ्यता खतरामा पर्ने बताए ।

रत्नमन्दिर र हिमा गृहलाई लिजमा दिने नभई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताए । मन्त्री भट्टराईले पर्यटन विकासका लागि पोखरालाई चौविसै घण्टा खुल्नुपर्ने र त्यसको सुरक्षाको ज्ञारेण्टी सरकारले लिने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसी, रत्नमन्दिर र हिमागृहलाई भाडा नदिइ सम्पदाकै रुपमा विकास गर्ने बताए ।

कार्यक्रमा गण्डकी प्रदेशका सांसद राजिब पहारीले रत्नमन्दिर जनवरी १ तारिकमा नभई माघ १ गतेबाट सन्चालन आउने बताए । उनले रत्नमन्दिरको भौतिक पुर्वाधार विकासका लागि सांसदकोषबाट २५ लाख रुपैया आफुले छुट्टाएको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जी पोख्रेल, महोत्वसका संयोजक लक्ष्मण बराल, रेष्टुरेण्ट एण्ड बार एसोसियसन ९रेबान० पोखरा अध्यक्ष भिमसेन लगाएतले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा ल्याउन सफल भएको बताए ।

२१ औ पोखरा सडक महोत्सवको उद्घाटनमा गण्डकी प्रदेशका मन्त्रीहरुको उपस्थिती देखिएन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*