December 4, 2021

रेडक्रस सोसाइटी बैदाम उपशाखाको १३ औँ वार्षिक साधारणसभा

मंसिर २७ पोखराः

नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले रेडक्रसले विश्वमा विपदको बेला उल्लेखनिय भुमिका खेल्दै आएको बताउदै नेपालमा पनि यसको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नुभयो ।

अधिकारीले पोखरामा रेडक्रस बैदाम शाखाले विपद व्यवस्थापन सहित सामाजिक काममा निकै सक्रिय रहेको भन्दै आगामी दिनमा पनि यस्तै सक्रियताको कामना गर्नुभयो । कार्यक्रममा पोखरा ६ का वडा सदस्य बिष्णु बहादुर भट्टराई, मितेरी आमा समुहका अध्यक्ष मिरा पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सदस्य मंगल नेपाली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा रेडक्रस बैदामका सदस्य ओम बिक्रम ओझाले स्वागत मन्तव्य राख्नुभयो । सो अवसरमा कोषाध्यक्ष ललिता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सांगठनिक प्रतिवेदन सहसचिव तुलसी दाहालले गर्नुभयो । बैदाम उपशाखाका सचिव सुर्यनाथ पहारीले संचालन गरेको कार्यक्रम उपशाखाका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । श्रोतः समाचारपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*