September 26, 2021

फेवा किनारमा साहित्य महोत्सव

मंसिर २३ पोखरा :

पर्यटकीय नगरी पोखरा फेरि एकपल्ट साहित्यमय बन्ने बएको छ। नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करण यही शुक्रबारदेखि फेवा किनारमा हुने भएको हो । फेस्टिभल लेकसाइडको बाराही मैदानमा मंसिर २७ देखि ३० सम्म हुनेछ ।

आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिबलका अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए । सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो उनले भने यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं । ४ दिनसम्म चल्ने फेस्टिबलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए । फेस्टिबलमा अन्तर्राष्ट्रिय लेखकहरुलाई पनि ल्याउन लागेका छौं । त्यसले यहाँको साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेका छौं उनले भने । फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ ।

फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फाउन्डेसन निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै फेस्टिबल भएको सुनाए । उनले भने भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेका थियौं । तर अहिले पोखरा नै उत्तम ठाउँ भएको छ । यो पोखरेलीको पनि महोत्सव हो ।


फेस्टिबलको अर्का आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे । ‘फेस्टिबलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन् । त्यसले पनि हामीलाई अपन्वत्व महसुस भएको छ उनले भने, ‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीविलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं ।

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको व्हाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने शहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको बताइन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*