
मंसिर २३ पोखरा :
भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमको लागि सरकारले विभिन्न मुलुकका ४० पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएको छ । नेपाल राजदूतमा रहेको ४० मुलुकका समकक्षीहरुलाई निमन्त्रण पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।
भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तयारी रहेकाले समकक्षी मन्त्रीहरुलाई निमन्त्रणा पठाइएको मन्त्री भट्टराईले बताए । जनवरी १ मा विदेशमा सार्वजनिक बिदा हुने भएकाले जनवरी ७ मा गैरआवासीय नेपालीहरुको सहकार्यमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्ष उद्घाटन हुने कार्यक्रम रहेको छ ।
भ्रमण वर्ष उद्घाटन स्थलका रुपमा पहिलो रोजाइ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परेको छ । हालै पुननिर्माण सम्पन्न भइ दक्षिण एसियाली खेलकुद प्रतियोगितकाका विभिन्न खेल आयोजना भएको रङ्गशालामा उद्घाटन समारोह आयोजना गर्नेगरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply