May 16, 2021

४२ किलोमिटर म्याराथनको स्वर्ण नेपालको पोल्टामा ।

मंसिर २१ पोखरा :

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत एथ्लेटिक्सको ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।

आज दशरथ रंगशालामा भएको म्याराथनमा पुरुषतर्फको ४२ किलोमिटर दौडमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन् ।

किरणले २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा निर्धारित दुरी पुरा गरे । यस म्याराथनतर्फ नेपालले २४ वर्षपछि स्वर्ण पदक हात पारेको हो । त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् ।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । यो सँगै नेपालको स्वर्ण पदकको संख्या ४२ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*