August 5, 2021

पुस १२ देखि सडक महोत्सव

मंसिर १८ पोखरा :

‘सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते ९डिसेम्बर २८ देखि जनवरी १ तारेख सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ ।

सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु पोखरा सडक महोत्सवमा प्रर्दशन गरिने तथा नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन महोत्सवले थप सहयोग पुग्ने आयोजकको भनाइ छ ।

धेरै बर्ष देखि सडक महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टमा धेरै पर्यटक तथा महोत्सवमा सहभागि दर्शकहरु ठगिने गरेका छन् भन्ने पत्रकारको प्रश्नमा रेवान पोखराका सल्लाहकार गणेश बहादुर भट्टराईले केही कमी कमजोरी भएको आगामी दिनमा सुधार गर्ने बताएकाछन्। यस बर्ष देखि महोत्सवको अवसरमा पर्यटक तथा दर्शक ठग्ने उपर कारवाही गरिने बताए ।

महोत्सव सफल पार्न रेबान पोखराका उपाध्यक्ष लक्ष्मण वरालको संयोजकमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मुलसमिति गठन गरिएको छ । महोत्सवबाट ८५ लाख आम्दानी तथा ७० लाख खर्च हुने अपेक्षा गरिएको रेवान पोखराले जनाएको छ ।

नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सवमा यस बर्ष भने आतिसबाजी गर्ने तयारी गरिएको छ । १३ औं साग उद्घाटनको अवसरमा आतिसबाजी भएपछि रेवान पोखराले आतिसबाजी गर्ने तयारी गरेको हो तर नेपालको कानुनले भने आतिसबाजीलाई प्रतिबन्ध लगाएको छ । पटकाजन्य वस्तु ओसार पोशार तथा बिक्रि वितरण गर्न नेपालमा अनुमति छैन ।

महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*