
मंसिर १४ पोखरा :
कास्की २ अन्तर्गत प्रतिनिधिसभा सदस्यको लागि शनिबार बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ। कुल ७१ हजार ८७१ मतदातामध्ये यसपटक ४५ हजार ६२१ मत मात्रै मत खसेको छ ।
पोखरा महानगरभित्र का ११ वटै वडामा मतदान शान्तिपुर्णरुपमा सम्पन्न भएको छ । ३२ मतदान स्थल मध्ये ८२ मतदान केन्द्रमा कतै बम बिस्फोट कतै सामान्य विवादका बीच कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतदान सकिएको छ
४ ठाउँमा बम बिस्फोट र ३ ठाउँमा सामान्य विवादका बीच ६३.४८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपटक मतदाता संख्या बढी भए पनि करिब ४ हजार कमले मात्र मतदानमा सहभागिता जनाएका छन् ।
कास्की २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेका छन् र, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ ।
सबैभन्दा बढी हुम्ला र रौतहटमा ८५ प्रतिशत मत खसेको छ । उता रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भई खाता खोलेको छ भने सल्यानमा पनि नेकपा विजयी भएको छ ।
Leave a Reply