September 27, 2021

पोखरामा चिनियाँ टोलीको निःशुल्क स्वास्थ्य शिविर

चिनियाँ डाक्टर । तस्बिर : कृष्णमणि बराल

मंसिर १२ पोखरा:

चिनियाँ मेडिकल टोलीले पोखरामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा खटिरहेका नेपाली र चिनियाँ कर्मचारी तथा मजदुरको दुई दिने निशुल्क स्वास्थ्य जाँच बिहीबारदेखि सुरु भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेपाली र चिनियाँ गरी चार सय खटिएका छन्। चिनको हेबे प्रान्तस्थित हेवे मेडिकल युनिर्भसिटीका टिम लिडर डा। ल्यूसहितका १७ जना चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरेका हुन् । टोलीले पेट, नाक, कान, घाँटी, थाइराइट, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच र परम्परागत चिनिँया चेकजाँच गरेको जनसम्पर्क अधिकारी महेन्द्र ओझाले जानकारी दिए ।

निशुल्क स्वस्थ्य जाँचपछि निशुल्क औषधि पनि बिरामीलाई उपलब्ध गराएको मेडिकल टोलीका टिम लिडर डाक्टर ल्युले जानकारी दिए । यस अघि यो टोलीले पोखराको लेकसाइडमा मंसिर ९ र १० गते लेकसाइडमा पनि निशुल्क स्वास्थ्य शिविर गरेको थियो । चिनियाँ सरकारको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजन भएको हो । नेपालका विभिन्न स्थानमा निशुल्का स्वास्थ शिविर संचालन गर्दै आएको डा ल्युले जानकारी दिए । टोलीले शिविरमा चेकजाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधि सेवन गर्नुपर्ने या ठूलो अप्रेसन नै गर्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा जान सल्लाहसमेत दिएको टोलीका संयोजकले जानकारी दिए । १२ औँ पटकको स्वास्थ्य शिविर गरिसकेका डाक्टरको टोलीबाट नेपालीले धेरै भन्दा धेरै निशुल्क स्वास्थ्य लाभ लिन सकोस् भन्ने हेतुले विभिन्न ठाँउमा शिविर संचालन गर्दै आएको उनले सुनाए छ । by Annapurna post

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*