May 12, 2021

पोखरामा १३औं सागमा सात राष्ट्रका ८ सय ३४ जना खेलाडी

मंसिर ६ पोखरा :

नेपालमा यहि मंसीर १५ गते देखि २४ सम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० अन्तरगत पोखरामा हुने आठ खेलका लागि ८ सय ३४ जना खेलाडीको सहभागीता हुने भएको स्थानिय सहजिकरण समितिका संयोजक समेत रहेका नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन ।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राईयाथोलन, व्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको संख्या बढि रहेको छ । आठ खेलका लागि महिला ४ सय १ जना र पुरुष र २ सय ६१ जना र अफिसियल १ सय ७२ गरि ८ सय ३४ सहभागीता रहेको छ ।

प्रतियोगिता नेपालवाट सवै आठ खेलमा १ सय ८४ जना सहभागि हुदैछन् । नेपालवाट ५२ पुरुष, १ सय २ महिला र ३० अफिसियल सहभागी हुदैछन् ।

भारतबाट ६ खेलको लागि १ सय २७ जना खेलाडि तथा अफिसियलको सहभागीता रहेको छ जसमा ४१ जना पुरुष, ६१ जना महिला खेलाडि तथा २५ जना अफसियल रहेका छन । भारतले आर्चरी, र महिला क्रिकेटमा भने सहभागीता जनाएको छैन ।

मालदिभ्स्बाट ५ खेलमा १ सय १६ जना सहभागी हुँदैछन । टोलीमा महिला ६१, पुरुष २६ खेलाडि तथा २९ जना अफियलको सहभागीता रहेको छ । मालदिभ्सले आर्चरी, भारोत्तोलन र ट्राईयाथोलनमा सहभागीता जनाएको छैन ।

बंगलादेशबाट ६ खेलका लागि खेलाडि तथा अफिसियल गरि १ सय २९ जनाको सहभागीता रहने छ । जसमा पुरुष ४४ जना, महिला ५५ र ३० जना अफिसियल रहने छन् । बंगलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागीता नजनाउने भएको छ ।

पाकिस्तानबाट ५ खेलका लागि ९४ जना सहभागी हुदैछन् । जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जना रहने छन् । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राईयाथोलनमा सहभागीता जनाएको छैन ।

श्रीलंकावाट आठ खेलमा १ सय ६० जना खेलाडी तथा अफिसियलको सहभागीता रहने छ । जसमध्ये पुरुष ४६, महिला खेलाडि ८१ र अफिसियल ३३ जनाको सहभागीता रहेको छ ।

भुटानबाट चार खेलका लागि खेलाडि तथा अफिसियल गरी २४ जनाको सहभागीता रहने । जसमध्ये पुरुष १४, महिला ६ र अफिसियल ४ जना रहेको छन । प्रतियोगितामा सबैभन्दा कम सहभागीता भुटानको रहेको छ । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र ट्राईयाथोलनमा सहभागीता जनाएको छैन ।

पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने नहुने भएको हो । प्याराग्लाइडिङबाट नेपालले स्वर्णपदकको आश गरेको थियो । नेपालले स्वर्णको आश गरेको खेल साग गेम बाट हटाइएको छ । साग गेममा २७ खेल हुने भनिएपनि २६ खेलमात्र हुने भएको छ । जस मध्ये पोखरामा ८ खेलमात्र हुने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*